इलाम, १४ साउनः यातायात व्यवसायी सोनाम येल्मुले इलाममा पहिलोपटक तिनपाङ्ग्रे टेम्पो भित्र्याएका छन् । पहाडी वेल्टमा पहिले अन्य स्थानमा तिनपाङ्ग्रे टेम्पो प्रयोगमा आइसकेकोले इलाम पनि चलाउन सकिने अनुमान गरेर उनले टेम्पो ल्याएको बताए । सामान्यतया छोटो दुरीको यात्राको लागि लक्षित गरि अटोरिक्सा ल्याइएको उनले जानकारी दिए ।
विर्तामोडमा रहेको बजाज आरई को सोरुमबाट अटोरिक्सा ल्याइएको हो । ५ लाख २६ हजारमा टेम्पो खरिद गरेको उनले बताए । यो टेम्पो इलामको पहाडमा परिक्षणकै क्रममा ल्याइएको उनको भनाइ छ । भारतीय मल्टिनेशनल कम्पनी बजाजले नेपालको एचएच बजाजमार्फत नेपालमा ५ महिना अघि सो बजाज आर ई टेम्पो रिलिज गरेको हो । बजार आर ई कालो, पहेलो र हरियो रङ्गमा बजारमा उपलब्ध छ । १९८.८८ सिसीको सो टेम्पोको पावर ९ के डब्लु रहेको छ भने ४ स्ट्रोकको डिटीएसआई इञ्जिनले पहिलेको मोडल भन्दा बढी यो मोडल प्रभावकारी भएको कम्पनीले दावी गरेको छ । आर ई मा ४ वटा अगाडी र एक वटा पछाडि जाने कुल पाँच गेयर रहेको छ ।
पेट्रोलबाट सञ्चालन हुने यो टेम्पोको तौत ३३७ केजी रहेको छ । उचाई १.७ मिटर, लम्बाई २.६ मिटर, चौडाई १.३ मिटर रहेको टेम्पोको ह्विलवेस २ हजार एमएमको छ । इलाममा रहेको बजाजको आधिकारीक सोरुमले बजार आर ई बेच्नका लागि तुरुन्तै नसकिने सञ्चालक जनकराज खड्काले बताए । पहाडी भुभागमा टेम्पो मुस्किलले मात्र चल्ने भएकोले आर ईको सोरुम राख्ने प्रकृयामा आफु नजाने उनले जानकारी दिए ।
0 comments:
Post a Comment