झापाको बिर्तामोडस्थित एक होटलमा हारमारको बाजी राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ। बिर्तामोड–१ स्थित सगरमाथा होटल एण्ड लजमा एक समूहले होहल्ला गरी तास खेलिरहेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले बताए। नगदसमेत बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। सो स्थानबाट नगद ५९ हजार ७० रुपैयाँ तथा तीन बुङ तास समेत बरामद गरिएको डीएसपी खत्रीले बताए। यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले बरामद गरिएको रकम जफत गरी जुवाडेलाई जनही ४ हजार रुपैयाँका दरले जरिवाना गराएर छोडेको प्रहरीले जनाएको छ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment