सूचनामा खेलवाड गर्दै जिविस इलाम

इलाम, ४ भदौँः दुनियाँकै सुचना तथा समाचारको ताजा अपडेट तत्कालै गराउने माध्यम इण्टरनेट भएको तथ्यलाई नकार्ने अब यो दुनियाँमा कोहि पनि बाँकी छैन होला सायद । नागरिकले विभिन्न वेवसाइटहरु तथा सामाजिक सञ्जालको अस्तित्वलाई स्विकारेको केहि समयपछि नेपाल सरकारले समेत वेवको दुनियाँमा प्रवेश गर्ने  निर्णय ग¥यो । त्यो सँगै जिल्लास्थित महत्वपूर्ण आम जनतासँग सरोकार राख्ने कार्यालयहरुले आफ्नो कार्यालयको नाममा वेवसाईट निर्माण गरि अपडेट गर्न थाले । जिल्लाको विकास तथा निर्माणसँग ठाडो सरोकार राख्ने जिल्ला विकास समिति इलामले पनि पनि केहि बर्ष अघि आफ्नो आधिकारीक वेवसाइट सार्वजनिक ग¥यो ।
वेवसाइटमा उल्लेखित जानकारीहरु कतिको सहि र सत्य छन् त, अनि तापाईलाई कतिको उपयोगी छन् ? इलाम जिल्लाको सम्पूर्ण प्रतिनिधित्व गर्ने एक मात्र कार्यालय जिल्ला विकास समितिको पनि वेवसाईट धधध।ममअष्बिm।नयख।लउ मा तपाईले इलाम जिल्लाको र जिल्ला विकास समितिको जानकारी पाउनु हुने छ । सरकारी साईडमा राखिएका जानकारीहरु तपाईले विश्वास गर्नु नै पर्ने हुन्छ । तर जिल्ला विकास समितिको साईडमा भएका कुराहरु महिनौ त कुनै कुराहरु वषौँदेखि अपडेड गरिएको छैनन् । जनताको सुचना पाउने हकलाई लत्याउदै जिविस इलामले आफ्नो वेवसाइटमा सुचना लुकाउने तथा गलत सूचना प्रकाशन गर्दै आएको छ ।
जिविसमा भएका कर्मचारी देखि जिल्लाको प्रोफाइल सम्म अपडेट भएको छैन । जिविसको साईटमा राखिएको कर्मचारीहरुको विवरण हेर्ने हो भने कति कर्मचारीको नाम पनि भेटिदैन, भेटिएका कर्मचारीको विवरण छैन त कुने कर्मचारीले इलाम छोडेको वषौँ वितिसक्दा पनि जिविसको साइटमा हेर्दा अझै जिविसमा नै कार्यरत देखिन्छ । नयाँवजार स्थायी घर भएका ईञ्जिनियर ओम प्रकाश खड्काले देशै छोडेको वषौँ भई सकेको छ तर साईडमा उनि अझै पनि जिविसकै कर्मचारी छन् । यस विषयमा जिविस इलामका स्थानीय विकास अधिकारी ओमराज ढुंगानालाई सम्पर्क गर्दा आफुलाई सोको विषयमा जानकारी नभएको बताए । उनले आफु अर्कै कार्यालयको कर्मचारी भएकोले जिविस इलामको सबै जानकारी नहुने आशयको अभिव्यक्ति दिए ।
यो त उदहारण मात्र हो । इलाम जिविसको साईडमा यस्ता कुरा त कति भेटिन्छन् हेरेर तपाई छक्क पर्नुहुने छ । इलाम जिल्लामा कति गाविस र नगरपालिका छन्, तिनीहरुको विवरण नै छैन, गाविस प्रोफाइलमा गएर हेर्नु भयो भने इलाममा एउटा गाविस बरवोटे मात्र  देखिन्छ ।  साईटमा तपाई जिविसको वार्षिक प्रतिवेदन हेर्नुभयो भने तपाईले २०७१÷०७२ को मात्र वार्षिक प्रतिवेदन मात्र पाउनु हुनेछ ।  तपाईले जिविसको साईटबाट कुनै पनि गाविसको पुरा विवरण पाउनु हुने छैन गाविस सचिवको नामवली पनि पाउने हुने छैन । जिविस इलामको वेफुर्सद के विषयमा हो त ?? शंकाको गहिरो घेराभित्र जिविस भएको कुरा नकार्न सकिन्न । सञ्चारकर्मीेलाई गुमराहमा राखेर विभिन्न कर्मकाण्डी कार्यक्रम गर्ने जिविस इलामबाट जनताले के अपेक्षा गर्ने ??, आम जनताको प्रश्नको विषय बनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment