इलाममा गाईजात्रा पर्व मनाइँदै

इलाम,  इलाम लगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व आज मनाइँदै छ । जनैपूर्णीमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाईजात्रामा वर्षभरी दिवंगत भएका आफन्तको आत्माले मुक्ति पाओस् भन्ने कामना सहित गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने प्रचलन छ ।
इलाममा पनि आज नेपाल भाषा तथा संस्कृती समाजले गाइजात्रा पर्व मनाएको छ । इलाम वजार परिक्रमा गर्र्दै दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजनहरु खुवउँदै इलाममा गाई जात्रा पर्व मनाईएको हो ।  
जात्रा मनाउँदा मृत आफन्तले यमलोक जांँंदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । यो पर्वमा गाईलाई सिंगारेर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । त्यस्तै जोगीको भेष धारण गरी रंगी बिरंगी कपडा, मुखुण्डो, लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन पनि छ ।
पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजीक विसंगती प्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युमा शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिनका लागि राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउनका लागि यो जात्रा मनाउन थालेको विश्वास छ । पर्वका अवसरमा उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment