इलाम, २ भदौः चियाबारी दैनिकले इनपा १ का आफ्नो बार्षिक ग्राहक रैता श्रेष्ठलाई एक थान ल्यापटप प्रदान गरेको छ । इलाम चोक बजारको लाकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरि सो उपहार पैदान गरिएको हो । इलामबाट प्रकाशित हुने चियाबारी राष्ट्रिय दैनिक पत्रिकाको बार्षिक ग्राहक योजना अन्तरगत लक्की डू मार्फत छानिएकी श्रेष्ठलाई दोश्रो पुरस्कार वितरण गरिएको हो । दैनिकका प्रधान सम्पादक धिरेन चेम्जोङ र पत्रिका सञ्चालक समितिका संयोजक योगेन्द्रमान श्रेष्ठले सो पुरस्कार संयुक्त रुपमा वितरण गरे ।
दैनिकले गत पुष महिनादेखि अर्ध साप्ताहिक रुपमा चियाबारी प्रकाशन गर्दै आएको थियो भने आधिकारीक स्विकृतिपछि दैनिक रुपमा पुर्वी पहाडकै सबैभन्दा ठूलो आकारमा पत्रिका प्रकाशन शुरु गर्न थालेको थियो । कार्यक्रममा उपस्थित ग्राहक, सञ्चारकर्मी, सञ्चालक समितिका सदस्यहरु, कर्मचारीहरु र स्वयंसेवकहरुलाई प्रधान सम्पादक चेम्जोङ र संयोजक श्रेष्ठ धन्यबाद ज्ञापन गरेका थिए । चेम्जोङ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हुन् भने श्रेष्ठ मरब क्याम्पस इलामका सहायक क्याम्पस प्रमुख हुन् । पुरस्कार प्रदान गरिएको लेनोभो ब्राण्डको ल्यापटपको हार्ड डिक्स ५०० जिबी, अपरेटिङ सिष्टम विण्डोज रहेको छ । बजारमा चलेको स्लिक आइडिया प्याड सेपको सो ल्यापटप निक्कै ह्याडी भएको ल्यापटकका पारखीहरुको विश्लेषण छ । कार्यक्रममा दैनिकका प्रकाशक राजेश पराजुलीले दशैंको अवसर पारेर फुलपातीको दिन आफ्नो ग्राहकमध्ये १ जनालाई खसी उपहार प्रदान गर्ने योजना रहेको बताए । उनले तिहारको अवसर पारेर एक तोला सुनको सिक्री पनि ग्राहकलाई पहिलो पुरस्कार स्वरुप प्रदान गर्ने जानकारी दिए । दैनिकले विशेषगरि इलाम सदरमुकामबासी ग्राहक र देउमाई नगरपालिकाका ग्राहकलाई विशेष लक्षित गरि समाचारका विषयबस्तुको प्राथमिकिकरण गर्ने पत्रिकाको यस आर्थिक बर्षको रणनैतिक योजनामा उल्लेख छ ।
0 comments:
Post a Comment