सरकारी फेसबुक एकाउण्टमा ओछ्यान, तोङ्वा र भान्सा कोठाको विज्ञापन


इलाम, १० भदौ : इलामको एक सरकारी कार्यालयको फेसबुक एकाउण्टमा तोङ्वाको विज्ञापन राखिएको छ । जिल्ला भू संरक्षण कार्यालय इलामले आफ्नो फेसबुक एकाउण्टमा तोङ्वाको विज्ञापन राखेको हो । कुनै ब्यक्तिले पिपल बोटे होम स्टेको नाममा राखेको मेन्युलाई सो कार्यालयले आफ्नो एकाउण्टमा शेयर गरेको हो । सो कार्यालयका कार्यालय प्रमुखको तस्विरलाई त्यो एकाउण्टको प्रोफाइल तस्विर बनाइएको छ । एकाउण्ट सञ्चालकले बिहीबार बिहान ६ बजेर १ मिनेट जादा सो मदिराको विज्ञापनयुक्त मेन्यु शेयर गरेको पोष्ट हेर्दा थाहा हुन्छ । श्रोतका अनुसार सो एकाउण्ट त्यस कार्यालयका प्रमुख विजेन्द्रकृष्ण सिंले अपरेट गर्छन् । यो समाचार तयार गरुञ्जेल सम्ममा १२ जनाले सो पोष्ट लाईक गरेका छन् भने ३ जनाले कमेण्ट गरेका छन् । कमेण्ट गर्नेमा एक जना घरेलु तथा साना उद्योग विकास कार्यालय इलामका प्रमुख नवराज राउत पनि छन् । उनले प्रतिक्रिया दिदै भनेका छन्, ‘अब सर यता तिर पो लाग्नु भयो ??’ त्यसको उत्तर दिदै कार्यालयले यस्तो उत्तर दिएको छ, ‘उहाँहरुलाइ मेरो मार्गदर्शन र हौसला मात्र हो र होमस्टे प्रकृति र संस्कृति जोगाउदै समुदायको आम्दानी बढाउने उपाय नि हो । गाउँमा यसलाई कसरी संचालन गर्ने भन्ने सिकाउने ठाउँको रूपमा विकसित गर्दै लैजाओस भन्ने पनि हो । यसलाई पर्या पर्यटन प्रर्वधनको रूपमा विकसित गर्ने कार्यमा एउटा अभ्यास नि हो ।’ सो कार्यालयका प्रमुखले किन पिपल बोटे होम स्टेको प्रचार सरकारी एकाउण्टमा गरे, उत्तर उनैलाई मात्र थाहा होला । हामीले सो प्रश्नको उत्तर आम पाठकसमक्ष प्रस्तुत गर्ने हेतुले उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment