इलाम, २० साउनः किराँत यक्थुङ चुम्लुङ इलामले इलाम जिल्लामा लेप्चा संरक्षित क्षेत्र र लिम्बू स्वायत्त क्षेत्र सहितको आठ वटा स्थानीय निकायको प्रस्ताव गरेको छ । चुम्लुङले विश्वकै लोपोन्मुख जाति लेप्चा नेपालको इलाममा मात्र वसोवास गर्दै आएकाले इलामको सूर्योदय नगरपालिका आसपासका गाविसमा वसोवास गर्ने लेप्चा समुदाय भएको क्षेत्रलाई लेप्चा संरक्षित क्षेत्र हुनुपर्ने प्रस्ताव गरेको हो । चुम्लङले इलामको बाँझो गाविसको वडा नं. ६, ७, ८ र ९ तथा चुलाचुली गाविसको वडा नं. १, २, ३, ४ र ५ लिम्बू समुदायको भाषा, संस्कृति भएको समुदायको वहुल्यता भएको हुनाले त्यस क्षेत्रलाई लिम्बू स्वायत्त क्षेत्रका रुपमा प्रस्ताव गरेको छ ।
चुम्लुङले यो प्रस्ताव स्थानीय तह पुनसंरचना प्रविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको ३.२.४ (ख) ३.२.४ (ग) वमोजिम प्रस्ताव गरेको चुम्लुङका जिल्ला अध्यक्ष अभिषेक एक्तेनले वताए । स्थानीय निकायको पुनसंरचनामा इलाम जिल्लामा ३ वटा नगरपालिका र ५ वटा गाउँपलिकाको प्रस्ताव गरेको छ । गाउँपालिकाको नामहरु पनि स्थानीय ठेट भाषमा नै प्रस्ताव गर्दै वैकल्पिक नाम समेत दिएको छ ।
दानाबारी, महमाई, चिसापानी लक्ष्मीपूरको वडा नं. ५ र सोयाकको वडा नं. ९ मिलाएर सिरीजङ्गा गाउँपालिकाको प्रस्ताव गरेको छ । यसको केन्द्र दानाबारीको सितली बजार र वैकल्पीक नाममा गरुवा गाउँपालिकाको प्रस्ताव गरेको छ ।
चुलाचुली, बाँझो, साकफारा र इभाङका वडा नं. ६, ७ र ८ लाई मिलाएर फाल्गुनन्द गाउँपालिकाको प्रस्ताव गरेको छ । यो गाउँपालिकाको केन्द्र बाँझोको माङसेवुङमा तोकोको छ भने वैकल्पिक नाममा माङसेवुङ गाउँपालिका प्रस्ताव गरेको छ ।
फाकफोक, आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी, एकतप्पा, इभाङका वडा नं. १, २, ३, ४, ५ र ९ चमैताको वडा नं. ९ लाई मिलाएर फाकफोक गाउँपालिका यसको केन्द्र एकतप्पा र वैकल्पिक नाममा माङमालुङ गाउँपालिकाको प्रस्ताव गरेको छ ।
देउमाइ नगरपालिका, जितपूर, सिद्धिथुम्का, साङरुम्वाका वडा नं. ७, ८ र ९, शान्तिडाँडाका वडाहरु ३ देखि ९ सम्म, चमैताका १ देखि ८ सम्म, साँखेजुङ र पुवामझवा गाविस मिलाएर आम्दाङ नगरपालिका यसको केन्द्र मंगलबारे वजारमा र वैकल्पिक नामको रुपमा देउमाई नगरपालिका प्रस्ताव गरेको छ ।
इलाम नगरपालिका, गोदकका वडा नं. १ देखि ४ सम्म, सोयकका वडा नं. १ देखि ८ सम्म, साङरुम्वाका १ देखि ६ सम्म शान्तिडाँडाका वडा नं. १ र २, बरबोटे, सुम्वेक, सुलुबुङ, माईपोखरी, माईमझुवा, मावु गाविस मिलाएर इलाम नगरपालिका र यसको केन्द्र इलाम बजारलाई प्रस्ताव गरेको छ र जासंख्याको आधारमा यसमा १३ वटा वडाको प्रस्ताव गरेको छ ।
नयाँबजार, जमुना, जोगमाई, नामसालिङ, प्याङ र सोयाङ गाविस मिलाएर नामथाप गाउँपालिकाको प्रस्ताव गरेको छ । वैकल्पिक नामको रुपमा जोगमाई गाउँपालिका र यसको केन्द्र नयाँबजारमा रहने प्रस्ताव गरिएको छ । जनसंख्याको आधारमा यसमा ७ वटा वडाको प्रस्ताव गरेको छ ।
सूर्योदय नगरपालिका, गोदकका वडा नं. ५ देखि ९, गोर्खे, समालबुङका वडा ४ र ५ वाहेकका वडाहरु, श्रीअन्तु र पशुपतिनगर मिलाएर फिक्कल नगरपालिका र वैकल्पिक नामको रुपमा सूर्योदय नगरपालिका यसको केन्द्र फिक्कल बजारमा रहने गरि प्रस्ताव गरेको छ । जनसंख्याको आधारमा यसमा १२ वटा वडाको प्रस्ताव गरेको छ ।जिर्मले, इरैटार, कोल्बुङ, शान्तिपुर, लक्ष्मीपूरको वडा नं. ५ वाहेकका वडाहरु समाल्वुङका वडा नं. ४ र ५ मिलाएर इरुङदुङ गाउँपालिका र वैकल्पिक नामको रुपमा कोल्बुङ गाउँपालिकायसको केन्द्र कोल्वुङमा रहने गरि प्रस्ताव गरेको छ । जनसंख्याको आधारमा यसमा ७ वटा वडाको प्रस्ताव गरिएको छ ।
इलाम जिल्लाको भौगोलिक अवस्था, जनसंख्या,भाषा, संस्कृति र लोपोन्मुख जाति लेप्चाको संरक्षणमा मुख्य जोड दिदै यो स्थानीय निकायको पुनसंरचना तयार गरिएको चुम्लुङका अध्यक्ष एक्तेनले वताए ।
0 comments:
Post a Comment