नगरबासीको बिरोध पछि इलाम नगरपालिको विशेष अधिवेशन, करको दरमा पुनरावलोकन


इलाम, १९ साउनः इलाम नगरपालिकाले २१ औं विशेष नगर परिषदबाट गत वर्ष सम्पन्न २० औं परिषदबाट पारित गरेको करको दरहरु घटाएको छ । बुधबार विशेष परिषदको निणर्यहरु सार्वजनिक गर्दै यस बारे जानकारी गराएको हो । गत साउन ५ गतेको नगरस्तरीय सर्वदलीय संयन्त्रको बैठकको निर्णय, साउन १२ र १३ गतेको नगर स्तरीय राजश्व परामर्श समितिको सर्वसम्मत राय परामर्श तथा साउन १४ गतेको सर्वदलीय संयन्त्रको सर्वसम्मत सहमति तथा सुझावका आधारमा इलाम नगरपालिकाको साउन १४ गतेको बोर्ड बैठक समेतको सिफारिसका आधारमा इलाम नगरपालिकाको २० औं नगर परिषदबाट पारित करको दर तथा दायरा अन्तर्गत विभिन्न शीर्षकमा १६ गते देखि लागु हुने गरी घटाएको हो ।
उक्त विशेष परिषदले सम्पत्ति कर तर्फ इलाम नपा वडा नं. ४ को हेडट्याङ्क आसपास र इलाम नपा वडा नं. ५ को सुकिलुम्वा विमानस्थल दक्षिणको जोखिमयुक्त क्षेत्रको सम्पत्तिकरमा २० प्रतिशत छुट सुविधा दिने, नक्सापास दस्तुर तर्फ नगरपालिकाबाट नक्सापास भइसकेका पुराना घरहरुको निर्माण सम्पन्नता वा पुनः नक्सापास गर्नु पर्दा स्वीकृत नक्साअनुसारको संरचना बनेको भएमा हालको दरमा हुन आउने राजश्वबाट विगतमा तिरेको रकमको विलका आधारमा बिल बमोजिमको रकम घटाएर मात्र नक्सापासको तोकिएको दस्तुर असुल गर्ने, जरिवाना तर्फ सार्वजनिक नाली तथा ढलमा जथाभावी सेप्टिक टेंकको मल बगाएमा वा जथाभावी फोहरमैला थुपारेमा फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन नियमावली, २०७० अनुसार पहिलो पटकलाई दश हजार दोस्रो पटकदेखि पटकैपिच्छे दुइहजार रुपैंयाँको दरले जरिवाना असुल गर्ने, इलाम नगरपालिका कार्यालयबाट उद्योग वाणिज्य संघ लगायत अन्य संघसंस्था तथा समुहहरुलाई दिइदै आएको अनुदान रकमलाई चालु आ. व. २०७३।०७४ देखि नै कार्यक्रम (परियोजना प्रस्ताव)को आधारमा नगरपालिकाको स्वीकृतिमा सम्बन्धित शीर्षकमा विनियोजन भएको कार्यक्रम र बजेटको परिधीभित्र कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने व्यवस्था हुने, इलाम नगरपालिका अन्तर्गतका सटर पसलहरुको भाडा रकमलाई समयानुकूल अभिबृद्धि तथा करको दायरालाई अझ फराकिलो गरेर नगरपालिकाको आय अभिबृद्धि गर्न नगरपालिका कार्यालयबाट कानुनको परिधीभित्र रहेर जुनसुकै कारवाही अपनाउने, स्थानीय स्वायत्त शासन (संशोधनसहित) नियमावली, २०५६ को नियम २५७ अनुसार नेपाल सरकारले निर्धारण गरे अनुसार इलाम नगरपालिकाका कर्मचारीको तलब तथा दैनिक भ्रमण भत्ता निर्धारण हुने भएकोले नेपाल सरकारले आ.व.२०७३÷०७४ देखि कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको हुँदा इलाम नगरपालिका कार्यालयको स्वीकृत स्थायी दरबन्दीमा कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारीहरुलाई नेपाल सरकारबाट निर्धारण गरिए अनुसारको तलबभत्ता तथा दैनिक भ्रमण भत्ता उपलब्ध गराउने तथा करार सेवाका कर्मचारीहरुलाई निजहरुको कामको जिम्मेवारी एवम कार्य सम्पादनस्तर तथा आचरणसमेतका आधारमा सम्बन्धित पदका लागि तोकिएको तलब भत्ताभन्दा बढी नहुने गरी कार्यालयका अख्तियारी प्राप्त अधिकारीले पारिश्रमिक निर्धारण गरी कामकाज लगाउन अख्तियारी प्रदान गर्ने, राज्यको पुर्नसंरचनाको क्रममा गाउँपालिका, नगरपालिकाको क्षेत्र विस्तार एवम् इलाम जिल्लामा ८ वटा स्थानीय निकाय बनाउने छलफल चलिरहेको सन्दर्भमा इलाम नगरको क्षेत्र विस्तारका लागि जनसंख्या र भूगोल मिल्ने गाविस समेतलाई मिलाई इलाम नगरपालिकालाई उपमहानगरपालिका बनाउने तर्पm प्रस्ताव अगाडि बढाउने निणर्य गरेको छ ।
त्यस्तै, इलाम नगरपालिकाको २० औ नगर परिषदबाट तोकिएको कर दस्तुर मध्ये केही कर दस्तुरका शीर्षकहरुमा २१ औ नगर परिषदबाट परिमार्जन भएको कारण नगरपालिकाको आन्तरिक आय खुम्चन जाने भएको र आ.व.२०७३।०७४ देखि कर्मचारीहरुको तलबभत्तामा २५ प्रतिशतले बृद्धि समेत हुने भएकोले २० औ नगर परिषदबाट पारित कार्यक्रम तथा योजनाहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न चुनौती भई योजना कटोैती गर्नु पर्ने अवस्था सिर्जना भएकोले आगामी २२ औ नगर परिषदबाट योजना तथा कार्यक्रम सम्बन्धमा आवश्यक निर्णय गर्न कार्यालयबाट समयमै तयारी हुने, इलाम नगरपालिकाको फोहरमैला वातावरणमैत्री तथा दिगो तबरले उद्यम प्रवद्र्धनका माध्यमबाट व्यवस्थापन गर्न युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत विनरक इन्टरनेसनल, पोजिटिभ प्लानेट, नामसालिंग सामुदायिक विकास केन्द्र्र र इलाम नगरपालिकाको साझेदारीमा ‘पिपिपि फोर फर फोर जिएस’ परियोजना सञ्चालन भइरहेको हुँदा सो परियोजनाको लागि निजी साझेदार छनौट गर्ने प्रक्रिया मार्पmत प्रस्ताव आह्वान गर्न परियोजनाको केन्द्रीय सल्लाहाकार समितिबाट समेत निर्णय भएकाले निजी साझेदार छनौट प्रक्रिया सम्पन्न गर्ने र सो परियोजनालाई सफल गर्नका लागि फोहरमैला संकलन गाडी दुई थान सहयोग गर्न साझेदार संस्था विनरक इन्टरनेसनलमा अनुरोध गर्ने, इलाम नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राहीहरुको नामावलीको लगत कट्टा गर्ने र बाँकीको समेत विवरण खुल्नेगरी वेवसाइटमा राखी सार्वजनिक गर्ने साथै साविकमा भत्ता खाइरहेका व्यक्तिहरुका अतिरिक्त देहायका व्यक्तिहरुले समेत आ. व.२०७३।०७४ मा तोकिएको सामाजिक सुरक्षा भत्ता खान निवेदन दिएकोमा निजहरुको नाम लगायतको विवरण सम्बन्धित सबैको जानकारीका लागि जानकारी हुने हेतुले वेवसाइट तथा स्थानीय पत्रिकामा प्रकाशन गर्ने, वि.सं. २०७२ सालको विनासकारी महाभूकम्पबाट इलाम नगरपालिका अन्तर्गत घर भत्किएर पुनः नयाँ बनाउनेको हकमा राहत वितरण रातो कार्ड प्राप्त पीडितहरुलाई तोकिएको शुल्कमा ५० प्रतिशत र पहेलो कार्ड प्राप्त पीडितहरुलाई २५ प्रतिशत छुट दिई सरल प्रक्रियाबाट नक्शा पास गर्ने निर्णय गरिएको छ ।
सार्वजनिकीकरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यले पान पसल, मासु पसलको दर एकै नहुनु पर्ने, बढि आम्दानी गर्ने व्यवसायीलाई बढि कर लगाउनु पर्ने जस्ता सुझाव दिएका थिए । उनले भने– ‘नगरपालिकाको कर निर्धारण गर्ने मुख्य आधार भनेको स्थानीय स्वायत्त शाासन ऐन हो, जसले करको दर तोक्ने काम नगरपालिकालाई नैं दिएको छ । तर बाहिर भने राजनैतिक दलहरुले सबै निणर्य गरेको भन्ने हल्ला गएको छ जुन वास्तविकता होइन ।’ इलाम नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याङको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन शर्मा रमण, राप्रपाका डिकबहादुर कोईराला, नगरविकास समितिका अध्यक्ष बद्री खड्का, नेपाली कांग्रेसका नगर सभापति होम बस्नेत, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । अधिकृत खाम्याङले यस विशेष परिषदले नगरबासीहरुले असहमति गरेको करका विषयमा सम्बोधन गरेको चियाबारी दैनिकलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment