चियाबारी समाचारको संगालो दिनभरीका समचार एकै ठाउँ


मन्दिर निर्माणलाई सहयोग
एकतप्पा, ६ भदौ (चियाबारी संवाददाता)ः इलामका समाजसेवी, राजनीतिज्ञ तथा जिल्लामा भर्खरै संचालनमा आएको चियाबारी एफ.एम.का अध्यक्ष डम्बर खड्काले एकतप्पा गाविस ९ रुपटारमा निर्माणाधिन सिद्धि किरात हाङसाम युमा माङ्गहिम मन्दिर निर्माण सहयोगार्थ ४१ हजार रुपैंयाँ सहयोग गरेका छन् ।  करिब १२ लाख रुपैंयाँको लागत अनुमान सहित ५ वर्षमा निर्माण पुरा गर्ने उद्देश्यका साथ वि.संं. २०७२ सालदेखि निर्माण शुरु गरिएको उक्त मन्दिरकालागी खड्काले आइतबार निर्माण सेवा समितिका अध्यक्ष पञ्चबहादुर योङहाङ्गलाई  सो रकम हस्तान्तरण गरेका हुन् । हालसम्म एकतप्पा गाविसद्धारा २ लाख १४ हजार र मेची पहाडी पर्यटन बोर्डबा १ लाख ९२ हजार रुपैंयाँ सहयोगद्धारा सो मन्दिरको निर्माण कार्य भइरहेको मन्दिर निर्माण सेवा समितिका अध्यक्ष योङहाङ्गले बताए । मन्दिर बनेको स्थानमा फाल्गुनन्दले वि.सं.१९९५ साल तिर ध्यान गरेकाले उक्त स्थानलाई किरात धर्मावलम्बीहरुले विशेष महत्वका साथमा लिएको र सो स्थानलाइ धार्मिक स्थान बनाउन आफुहरु लागी परेको पनि  अध्यक्ष योङहाङ्गले बताए । सो मन्दिरको स्थापनकालागि उनले सबै समक्ष सहयोगका लागि आग्रह पनि गरेका छन् ।
झापामा गाडी सहित काठ पक्राउ
झापा, ६ भदौ  (चियाबारी संंवाददाता)ः इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार राति सखुवाको चिरानकाठ बोकेको जीप नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिका–८ राजमार्गमा सवारी चेकजाँचका क्रममा प्रहरीले मे१च ३१२२ नम्बरको जीप नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधु थापाले बताए । जीपमा १ सय ६४ क्वीबी फुट चिरान काठ रहेको बताइएको छ । उक्त काठ सहितको गाडी कारवाहीका लागि जिल्ला वन कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको काठ ३८.३५ क्यूवीफुट रहेको बताइएको छ ।
घाँटीमा सल बेरिँदा मिनु घाइते
बरबोटे, ६ भदौ (चियाबारी संवादाता) ः बिब्ल्याँटेमा सोमबारबाट शुरु भएको रमाइलो मिनी मेलाको पहिलो दिन नै घाँटीमा बेरिएको सल रोटेपिङमा बेरिएर सुनसरी महेन्द्रनगर नगरपालिका ३ की मिनु पौडेल घाइते भएकी छन् ।  आफ्नै श्रीमान डिमक पौडेलले रोटेपिङ घुमाउँदै गर्दा मिनुको घाँटीमा सल बेरिएर घाइते भएकी थिइन् । यो समाचार तयार पार्दा साँझ सम्म उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । उनलाई दिउसो करिब साढे तीन बजेतिर सल घाँटीमा बेरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी द्रिएको छ ।
माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न
इलाम, ६ भदौ (चियाबारी संवाददाता)ः नेकपा माओवादी केन्द्रको इलाम नगर कमिटीको एकता भेला तथा नगर सम्मेलन सोमबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय नारायण स्थानमा सम्पन्न इलाम नगर सम्मेलनले प्रवास शर्मा इन्चार्ज तथा दिपक गौतम संयोजक रहेको ५५ सदस्सीय नगर कमिटीको गठन गरेको छ । नवगठित नगर कमिटिको वडा संयोजकमा इलाम नगरपालिकाको १ देखि ९ नम्बर वडा सम्म क्रमशः मोहनमान श्रेष्ठ, सुदर्शन काफ्ले, रुद्र शर्मा, कुलबहादुर थापा, मणिकुमार चौहान, लक्ष्मीप्रसाद दाहाल, चन्द्रकला तामाङ्ग, निर्मला तामाङ्ग र नारायण चापागाई चयन भएका छन् । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सोममाया राई सिन्धुको प्रमुख आथित्यतामा सम्पन्न सो नगर सम्मेलन तथा एकता भेलामा माओवादी केन्द्रका टिका घिमिरे, दामोदर भट्टराई, तिलरुपा मैनाली, दिपेन राई लगायतले मन्तव्य राखेको नगर इन्चार्ज प्रवाश शर्माले बताए ।
‘मिस प्लस टु’को अडिसन इलाममा हुने
इलाम, ६ भदौ (चियाबारी संवाददाता)ः झापा जिल्ला बिर्तामोडस्थित प्यासिफिक मिडिया एण्ड इन्टरटेन्मेन्टले पुर्वाञ्चल स्तरीय मिस प्सल टु पुर्वाञ्चलको आयोजना गर्ने जानकारी दिएको छ । आइतबार इलाम सदरमुकाममा चियाबारी दैनिकलाई जानकारी दिदै आयोजक संस्थाका को–अर्डिनेटर सुनिल थापाले सोको जानकारी दिएका हुन् । उनका अनुसार इलाम, पाँचथर र ताप्लेजुङमा अडिसन गरी उनीहरुलाई फाइनलको लागि बिर्तामोड लगिने समेत जानकारी दिएका छन् । बिर्तामोडमा हुने फाइनलको मुख्य निर्णायक पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ रहने छिन् । फाइनलमा प्रथम हुनेलाई एकवटा स्कुटर, पाँचलाख रुपैंयाँ बराबरको स्कलरसीप, दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने तथा तीन महिना रेडियो जंकी र भिडियो जंकीको तालिम पनि उपलब्ध गराउने थापाले बताए ।
यस कार्यक्रम अन्र्तगत इलाममा भने आगामी भाद्र १३ गते अडिसनको कार्यक्रम रहेको संस्थाका निर्देशक किशोर ढुंगानाले जानकारी दिएका छन् । उनका अनुसार नारीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने, उनीहरु भित्र रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने कार्यक्रमहरु संस्थाले गरिरहेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने बताए । इलाम, पाँचथर र ताप्लेजुङमा हुने अडिसनको संयोजन इलाम मल्टी जिमले गर्ने भएको छ ।
दानाबारीका राम ब्राउन सुगरसहित पक्राउ
झापा, ६ भदौ । ईलाका प्रहरी कार्यालय अनारमानी तथा प्रहरी चौकी शनिश्चरे झापाबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम दानाबारी–७ घर भई शनिअर्जुन नगरपालिका–२ बस्दै आएका ४३ वर्षिय रामबहादुर खत्री रहेका छन् । उनी झापा शनिअर्जुन–२ मा ४ हजार ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेका हुन् । उनलाई लागुऔषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment