बिब्ल्याँटेको रमाईलो मेलामा घाँटीमा सल बेरिँदा मिनु घाइते


बरबोटे, ६ भदौ (चियाबारी संवादाता) । बिब्ल्याँटेमा सोमबारबाट शुरु भएको रमाइलो मिनी मेलाको पहिलो दिन नै घाँटीमा बेरिएको सल रोटेपिङमा बेरिएर सुनसरी महेन्द्रनगर नगरपालिका ३ की मिनु पौडेल घाइते भएकी छन् ।  आफ्नै श्रीमान डिमक पौडेलले रोटेपिङ घुमाउँदै गर्दा मिनुको घाँटीमा सल बेरिएर घाइते भएकी थिइन् । यो समाचार तयार पार्दा साँझ सम्म उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । उनलाई दिउसो करिब साढे तीन बजेतिर सल घाँटीमा बेरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी द्रिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment