के हो अर्थोडक्स चिया र नेपालमा यसको वर्तमान अवस्था

टोनी वर्देवा

परिचय
परम्परागत प्रविधिले हातैबाट उत्पादन गरिने पत्ता चियानै अर्थोडक्स चिया हो । सामान्यतया, ३००० देखि ६००० फिटसम्मको उचाइमा उत्पादन हुने यो चिया स्वास्थ्यको लागि पनि उपयोगी मानिन्छ । विशेषगरी यो चिया क्यान्सरको रोगीका लागि उपयोगी हुन्छ । यसमा पोलिफिनोल्स, एन्टी अक्सिडेन्ट तथा क्याफिन हुने भएकाले अर्थोडक्स चिया स्वास्थ्यवर्दक मानिन्छ ।
नेपालमा अर्थोडक्स चियाको इतिहास
अर्थोडक्स चियाको शुरुवात चीनबाट भएको मानिन्छ । नेपालमा करिब १५० वर्षअघि अर्थोडक्स चिया भित्रिएको अनुमान छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमण गएका बेला त्यहाँका सम्राटले अर्थोडक्स चियाको बोट उपहार गरेका थिए । तर नेपालमा यसको व्यावसायिक खेती भने आजभन्दा करिब ३२ वर्ष अघिबाट मात्र भएको हो ।
नेपालमा अर्थोडक्स चियाको वर्तमान अवस्था
पछिल्ला वर्षमा नेपालमा अर्थोडक्स चियाको उत्पादन बढेको तथ्याङ्क छ । विगत १० वर्षयता ३०,१३३ हेक्टर जमिनमा अर्थोडक्स चिया खेतीको विस्तार भएको छ । यस अवधिमा १३,००,००० किलो ग्राम अर्थोडक्स चिया उत्पादन भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपालको तथ्याङ्कमा उल्लेख छ ।
पूर्वी नेपालको झापा, इलाम पाँचथर, धनकुटा र तेह्रथुम अर्थोडक्स चिया उत्पादन गर्ने मूख्य जिल्लाहरु हुन् । यसबाहेक कास्की, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु र नुवाकोटमा पनि यसको व्यवसायिक खेती हुन थालेको छ । हाल नेपालमा २० भन्दा बढि अर्थोडक्स चिया उत्पादन गर्ने उद्योगहरुबाट वार्षिक ३० लाख किलोग्राम भन्दा बढी अर्थोडक्स चिया उत्पादन हुन्छ । नेपालमा रहेका चियाका बोट सबै थयगलन दगकज हुन् । त्यसैले नेपालमा अर्थोडक्स चियाको उत्पादन वार्षिक १५ देखि २० प्रतिशत बढिरहेको छ । नेपालको भौगोलिक अवस्थाका कारण पर्यटन र जलस्रोतपछि चिया उद्योग सबैभन्दा बढि आम्दानीको सम्भावना भएको क्षेत्र हो । यसमा वर्तमान समयमा करिब ८ हजार किसान संलग्न रहेका छन् । अहिले करिब ८ हजार हेक्टर क्षेत्रफलमा अर्थोडक्स चिया सफलतापुर्वक उत्पादन भइरहेको छ ।
बजार मुल्य र अवस्था
अर्थोडक्स चियाको बजार मुल्य यसको गुणस्तर अनुसार फरक पर्दछ । अहिले उच्च गुणस्तरको चिया जर्मनी लगायतका देशमा निर्यात हुन्छ । त्यस्तै, अन्य गुणस्तरको चिया भारतको कोलकोत्तामा बिक्री हुन्छ । नेपालबाट निर्यात हुने अधिकांश चिया युरोपियन बजारमा प्रतिकिलो ७ युरोमा बिक्री हुन्छ ।  भारतमा बिक्री हुने अर्थोडक्स चियाको मूल्य प्रतिकिलो करिब १५० भारतीय रुपैयाँ रहेको छ ।
नेपालको कुल उत्पादनको ९६ प्रतिशत अर्थोडक्स चिया भारत लगायत तेस्रो मुलुकमा निर्यात हुने गर्दछ । विश्वबजारमा दार्जिलिङ पछि नेपालको अर्थोडक्स चियालाई गुणस्तरीय मानिन्छ ।
सरकारी नीति
अर्थोडक्स चिया उत्पादनका लागि अन्य देशले जस्तो नेपाल सरकारले अपेक्षित सेवा सुविधा उपलब्ध गराएको छैन । नेपालबाट निर्यात हुने कृषि उपजमा चिया मुख्य वस्तु भइसकेको छ । नेपाल सरकारले वि.स. २०५७ सालमा राष्ट्रिय चिया नीति ल्यायो । तर, त्यसमा उल्लेख्य भएका कुनैपनि बुँदा कार्यान्वयन हुन सकेका छैनन् । सरकारले चिया प्रर्वधनका लागि बनाएको चिया तथा कफी विकास बोर्ड राजनीतिक दलका कार्यकर्ता भर्ना गर्ने थलो भएको वर्तमान समयमा सरकारले चियासँग असम्बन्धित मानिसलाई नियुक्ति गरेर अख्तियार दुरुपयोग गरिरहेको छ । यसले गर्दा नेपाली अर्थोडक्स चियाले विश्व बजारमा अपेक्षित लाभ लिन सकेको छैन ।
नेपालमा यसको भविष्य
विश्व बजारमा वार्षिक करिब ४ करोड किलोग्राम चियाको माग छ । यसमध्ये करिब ९० लाख किलोग्राम दार्जिलिङले उत्पादन गरिरहेको छ । तर नेपालको सन्दर्भमा भने करिब ३० लाख मात्र उत्पादन भइरहेको छ । नेपालको प्राकृतिक र भौगोलिक वातावरणको अनुकुलताका कारण अर्थोडक्स चियाको भविष्य राम्रो रहेमो छ । नेपालको पूर्वी पहाडदेखि पश्चिम पहाडसम्म दशौँ हजार हेक्टर क्षेत्रफलमा गुणस्तरीय अर्थोडक्स चिया उत्पादन गर्न सकिने विभिन्न अध्ययनले प्रमाणित गरिसकेको छ ।
त्यसैले, सरकारी स्तरबाट नै यसको उत्पादन, संरक्षण, प्रर्वधन र बजारीकरणको उपयुक्त नीति र कार्यक्रमको तर्जुमा गरि यसलाई व्यवसायिकरण गर्न सकेमा  हरियो डलर उत्पादन गरेर नेपालको कृषिक्षेत्रमा एक नवीनतम आयाम थप्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment