७ भदौ, काठमाडौं । सरकारले गरिरहेको बजार अनुगमनका क्रममा सात वटा मार्टहरु बन्द गरिएका छन् । म्याद नाघेका अखाद्य वस्तु भेटिएपछि विभिन्न नाम चलेका मार्टहरुमा सिल गरिएको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एक हप्ताको बीचमा बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका लोकप्रिय भइसकेका स्टोरहरुमा नै उपभोग्य मति नाघेका वस्तुहरु भेटाएको हो ।
बिगमार्टका कालोपुलको सहित २, सेलवेज महारामजगञ्जको सहित दुई र भाठभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । अत्याधिक हेलचक्र्याँइ गर्ने ७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा फोहोर मासु विक्री भइरहेको अवस्थामा ८ सय ३४ केजी मासु नष्ट गरेको छ । डिडिसीमा रिलेभलिङ गरिएको १ लाख केही पाउडर दूध भेटिएपछि बालाजु प्रशोधन कन्द्रमा सिल गरिएको छ ।
यसैगरी टोलीले २ सय ८ वटा लेभलिङ नगरिएका पानीका जार बरामद पनि गरेको छ । फोहोर पानी उत्पादन गर्ने २ वटा पानी उद्योगमा पनि सिल गरिएको विभागमा निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
अनुगमन टोलीले मापदण्ड पुर्याउन नसकेका नवीकरण नभएका ११ वटा पोलिक्लीनि पनि बन्द गराएको छ । ७० वटा सवारीलाई छड्के जााचभ गर्दा सबैले बढी भाडा असुलेको पनि टोलीले फेला पारेको छ । तिसकैलाई ५ हजार रुपैयाासम्म जरिवाना गराएर यात्रुको भाडा फिकर्ता गराइएको श्रेष्ठले बताए । मापको परिणामभन्दा कम तेल दिने गरेको भेटिएपछि ४ वटा पम्पमा पनि सिलबन्दी गरिएको छ ।
यसैगरी थुप्रै म्याद नाघेका र गुणस्तरहिन खाद्यवस्तु पनि विभागले अनुगमनका क्रममा नष्ट गरेको छ । सरकारले साउन ३२ गतेदेखि विशेष बजार अनुगमन सुरु गरेको थियो । दैनिक १२ वटासम्म टोली बनाएर खटाइएको छ ।
0 comments:
Post a Comment