बजेट अभावले सडकमै थुप्रियो भत्किएको पर्खाल


इलाम, ६ भदौ : मध्य वर्षामा पहाडमा पहिरो जानु र तराई जलमग्न हुनु प्राकृतिक विषयवस्तु हुन् । प्रकृतिसँग पौठेजोरी खेल्न नसके पनि यसलाई न्यूनिकरण गर्न केहि हद सम्म सकिन्छ । न्यूनिकरणका उपायहरु अपनाउँदा पनि भएका क्षतिहरुलाई बेलैमा ठेगाना नलगाउँदा त्यसले अन्यलाई क्षेत्रलाई कसरी असर पुग्न जान्छ भन्ने कुराको ज्वालन्त उदाहरण बनेको छ– इलाम सदरमुकामस्थित आदर्श पशु हाट नजिकको शैक्षिक तालिम केन्द्रको पर्खाल भत्किएर आधा अवरुद्ध बनेको टुँडिखेल–जिरो किमी शहरी सडक खण्ड ।
गत साउन ५ गते अविरल परेको वर्षाले उक्त केन्द्रको पर्खाल भत्कायो । आधा पर्खाल भत्कने बित्तिकै इलाम नगरपालिका कार्यालय, शैक्षिक तालिम केन्द्रले त्यसलाई पुरै भत्काएर सडकलाई जोखिममुक्त बनाउनको लागि नेपाली सेनालाई गुहा¥यो । सेनाले पनि आएर पर्खाल निरिक्षण ग¥यो तर त्यसको केहि समय पछि बाँकी रहेको आधा भाग पर्खाल पनि आफै भत्किएर आधा सडक पु¥यो । त्यहाँ एउटा जोखिम त तत्कालको लागि ट¥यो तर अर्को जोखिम भने फेरी शुरुवात हुन पुग्यो । आधा सडकमा सवारी साधन, स्थानीयबासी, विद्यार्थीहरु ओहोर–दोहोर गर्दा दुर्घटनाको जोखिम बढेर गएको छ । साउन २७ गते बिहीबार बिहान १० बजे मे१ज ३४६ को सवारी इलाम बजार तर्फ आउँदै थियो, पशु हाटमा खसीबाख्रा लिएर सिंहवाहिनी मन्दिरबाट एक व्यापारी जाँदै थिए उक्त पर्खाल भत्किएको स्थानमा खसीबाख्रा र सवारीको जम्का भेट भयो । चालक बाटो नछाडेकोमा व्यापारीलाई घुरेर हेर्दै थिए भने व्यापारी सवारी साधनको मात्र बाटो नभएको जिकिर गर्दै थिए ।
भदौ ३ गते शुक्रबार बिहान एकहुल विद्यार्थी खाजा खान नजिकैको क्यान्टिनमा जादै थिए । दुवैतर्फबाट मोटरसाईकल हुँकिएर आयो, एक आपसमा झण्डैले ठोकिन्न पुगेको थियो, दरो ब्रेक लागेको मानवीय क्षति भएन । यसमा कसैको गल्ती थिएन । बाटो साँघुरो भएकोले विद्यार्थीले साइड दिन पाएनन्, मोटरसाईकल चालकले सडक घुम्ती भएको कारण एक आपसमा देख्न पाएनन् । माथीका उदाहरण प्रतिनिधि मात्र हुन् । उक्त सडकमा हरेक दिन, हरेक क्षण दुर्घटना निम्तिएर बसेको हुन्छ । पर्खाल भत्किएको .... दिन बितिसक्दा पनि उक्त क्षेत्र सफा किन नभएको भनेर तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक बाबुराम पोखरेललाई जानकारी राख्दा पुरानो आर्थिक वर्ष समाप्त भएर नयाँ आर्थिक वर्ष शुरुवात मात्र भएको कारण केन्द्रमा बजेट अभावले उक्त सडक सफाई गर्न नसकिएको चियाबारी दैनिकलाई बताए । उक्त भत्किएको पर्खाल सफाई गर्ने दायित्व भएर पनि खर्च गर्ने रकम अभाव नैं मुख्य कारण रहेको उनको भनाई रहेको छ । ‘नयाँ आर्थिक वर्षको बजेट आएको छैन् । व्यक्तिगत पैसा हालेर पनि गर्ने हो कि भन्ने सल्लाह पनि हुँदैछ ।’ उनले अगाडि थपे– ‘हामीले सहयोगको लागि डिभिजन सडक कार्यालय, इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना समेतलाई अनुरोध ग¥यौ तर त्यहाँ पनि बजेटको समस्या भएर हो वा आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भएर हो समन्वय हुन सकेन ।  डिभिजन सडकसँग त सफाई गर्ने साधन हुने भएकोले अनुरोध गरेको हो तर उसले राजमार्ग मात्र हेर्दो रहेछ, शहरी सडक भने नगरपालिकाले ।’ पोखरेलले भत्किएको पर्खालबाट हुन पुगेको सास्ती र जोखिमले पुग्न गएको असुविधा प्रति क्षमा याचना पनि गरे । उनले भने– ‘पहिरोले झण्डै केन्द्रको भवन नैं बगाएको थियो धन्न थामियो । के गर्नु सडक तुरुन्त सफा गर्नु पर्ने पनि हो तर पनि सरकारी काम कारवाहीले ढिला हुन पुगेको छ । यसबाट पर्न गएको असुविधाले मलाई पनि पिरोलेको छ । हामी यसलाई जतिसुकै चाँडो भएपनि सफा गर्छौ ।’
यसै विषयमा इलाम नगरपालिकाका प्रशासकिय अधिकृत राम शाहसँग जानकारी लिँदा उनले सफाई गर्ने काम केन्द्रकै हो । नगरपालिकामा यसको लागि छुट्टै बजेट नहुने जानकारी दिए । उनले भने हामीले सो स्थान सफाई गर्नको लागि साउन १४ र ३२ गते समेत पत्रचार गरिसकेका छौं ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment