गुनासै गुनासोका पोका छन् ‘नगरपालिका’ ज्यू,

खानेपानी तान्न मोटर जडान गरे कार्वाही गर्ने नगरपालिकाको पछिल्लो कदम सराहनीय नै त भन्नु होला नि । २ दिनमा आधाघण्टाको समयमा पानी आउँछ नगरवासिन्दाका लागि नगरपालिकाका खानेपानी व्यवस्थापनबाट र मुश्किलले ४ गाग्री भरिन नपाउँदै पानी आउँन बन्द हुन्छ । १० मिनेट भन्दा बढी समय विछ्याइएको पानीको पाइप भरिन नै खर्चिने गरि पानी पठाउने यस्तो व्यवस्थापनले नगरमा पानीको काकाकुल हामी नगरबासी पानी कै कारणले एकआपसमा लड्नभिड्न र रुष्ट हुन परम्परा नै भइसक्यो । पानीले गर्दा एकले अर्काको अनुहार हेर्न नपरोस् भन्ने मनस्थिति सिर्जना भइसक्यो । बर्षात्को यस्तो अवस्थामा त नगरमा पानीको अवस्था कहालिलाग्दो छ भने यो भन्दा ठूलो कुरा के हुन सक्छ हरित नगर इलाममा । यतिखेर तराइ समयले तातिएको छ । त्यही बस्नेलाई त ५ वटा भन्दा बढी घामलागेको महशुस हुन्छ भने हामीलाई के होला । र यस समयमा पहाडी भेग झापा भन्दा चिसो छ । स्वाभावैले पनि आफु चिसिन पहाडमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्नु अनौठो होइन तर हरित नगरमा पानीकै कारण होटलवाला र पाहुना एकआपसमा रुष्ट भेटिन्छन्, जुन अत्यन्तै गम्भिर विषय हो । भनिरहनु पर्दैन खानलाई पानी छैन नुहाउनलाई कसरी जुटाउने ? अझ जात्रा र मेलाको यस घडीमा चहलपहल बढ्नु आफैमा सौन्दर्यको कुरा थियो तर सदा झै इलाममा त्यो चहलपहल देखिन्न । घट्दो क्रम छ, यसको मतलव यसबाट उत्पादन हुने असरले कहाँ कहाँ ठोक्ला अनुमान गर्नुस् । 
सामाजिक सद्भाव विथोलिएको कुराहरु धेरै उप्कियो । थुप्रै उदाहरणहरु प्रस्तुत भइसके तर समस्या जिउँका तिउ छन् । अव यहाँ यी सवै कुरा दोहो¥याइ तेह¥याइ रहनु नपर्ला । बसाइ सराइका पछिल्लो कारण पिउने पानी बन्दैछ र यस्तै रहे यो टे«न्डले इलामको भविष्य छैन भन्नु सिवाय केही हुने छैन । र, तपाई भन्नुस् भविष्य कसले बनाउने ? व्यापारीहरु भन्छन् व्यापार छैन । होटलवालाहरुको रुँगाई दिक्दारीमा परिणत हुन थाल्यो । हेर्दामा चिटिक्क हाम्रो इलाम, बोल्दामा मिठास हरित नगर र नगदेवालीले झपक्क बलेको इलाम गन्तव्य हुन छोडेका कुराहरुको व्यथा कसलाई सुनाउनु ? 
पानीको हाहाकारलाई मत्थर गर्न पानीको मात्रा टं्याकीमा थपिने वा अन्य श्रोतहरु बढाउने वा वैकल्पिक उपायबाट नगरबासीलाई पानी उपलव्ध गराउने जिम्मा कसको हो ? ताल्चा लगाएर ढोका थुन्ने अनि झ्यालबाट किन निस्किस् भन्नु कतिको जायज हो । टं्याकीमा पानी नै छैन अनि कसरी दिने भन्ने रेडिमेट उत्तरले अव पनि काम गरेको हेर्ने हामी नगरबासीको दोष हो अथवा हाम्रा अगाडी भएका श्रोतहरुको सही परिचालन नभएको ? वा छिमेकीसँग झगडामै रमाइरहने प्रवृत्ति बढिइरहेको ? मलाई राम्रोसँग थाह छ, कुनै समय २४ सौं घण्टा पानी आउथ्यो हाम्रा धाराहरुमा । त्यो विस्तारै विस्तारै विहान र वेलुकामा झ¥यो, समयको मागसँगै विहान अथवा वेलुकामा, अनि विस्तारै विहानमात्रै वा वेलुका मात्रै र हुँदा हुँदा अव २ विहान पछि, र यो गति अव ३ विहान, ४ विहान अथवा कति विहान पछि देख्न पाइने हो ? रफ्तारले छलाङ्ग मार्दैछ हरित नगरमा । कुनै समय पानीका ३ वटा प्वाइन्टबाट वितरण भएको खानेपानी प्रणाली अहिले सोही ठाँउमा ३२, ४० वटा जति भन्दा वढी पानीको प्वाइन्ट हुनु कसको दोष हो । थपिएका प्वाइन्ट पनि आफू मनपरि कोही घोप्टो, कोही तेर्सो, कोही ठाडो कोही मुखैमा अनि भन्नुस् खानेपानीको समानुपातिक वितरणमा हामी उपभोक्ताले कसरी सहयोग गर्ने ? फेरि पाइपको साइज उही पुरानै, ट्यांकीमा पानी छैन, मुख चै बढेको बढ्यै अनि कसरी पुग्छ त पानी महोदय । हुनेले त पानीको जोहो गर्लान रुप्पे लिटरले किनेर खालान् तर नहुनेले नि ? कसलाई भन्नु कसलाई सुनाउनु यो व्यथा, नगरज्यूलाई कि उपभोक्ताहरुलाई ? हुन त नभाको पानीलाई पानी तान्ने मोटर लगाएर खाइदिएपछि बढेको जनगुनासो थेग्न नसकेपछि त्यही दोषी प्रमाणित भएका अभियुक्त पानी तान्ने मोटरको जरा निमोठ्ने उपाय सर्वोत्तम हुन सक्छ । मोटरले पानी नतानेपछि पानीको भोलुम पक्कै बढ्छ, एकलाई नपुगे अर्कोलाई पुग्छ तर थपिएर पुगेको चै हुदै होइन, र, मैले आत्मसाथ गरे, त्यसैले नगरज्यू शुरुवात गर्नुस् कार्वाही गर्न हामी साथ दिन्छौं, यसको श्रीगणेश मेरै घरबाट गर्नुस् किनकि त्यो नभाको पानी चोरेर खाने दुस्साहस मैले पनि गरेको छु । मैले अघि नै भनिसके १० मिनेट हावा खाइसकेपछि, पाइपमा भरिका हावा खोल्न हटाउन थप अरु ५ मिनेट खर्चिएपछि पानी आउदै जादै गर्न शुरु गर्छ, त्यो मोटरका मुखबाट र सय लिटर मुश्किलले भरिएपछि हाम्रा थाप्लोमा परेको आधा घण्टा समय तुरिन्छ । प्राविधिक भएको नाताले होला मेरोमा बढी पानी आएको हुनुपर्छ भन्छन् सवै तर यसवीचमा मैले मेरै छिमेकीसँग जुध्नुपर्छ, बाज्नुपर्छ । उनीहरुले आफुपट्टि ढल्काएको पाइपलाई मैले पुनः मेरोपट्टि ढल्काउन थप जिम्मेवारी वहन गर्नुपर्छ । यतिखेर मेरा छिमेकीले मलाई सरापेको सवै शव्द गालीहरु मेरा घरका भाडामा आधा भरिएका गाग्रीहरु देखेर सन्तुष्टि मान्नु पर्ने हुन्छ, युद्ध जितेजस्तो गरि । त्यति हुँदा पनि मेरो धाराबाट १ गाग्री पानी सापटी दिनुपर्दा म आफू मरे जस्तै हुन्छु । मेरो यो असीमित डीउटी पुरा गर्न मैले अन्य मेरा नियमित क्रियाकलाप, महत्वपूर्ण कार्यलाई तिलान्जली दिनैपर्छ । तपाईलाई लाग्दो हो तपाईको त्यो अभियुक्त पानी तान्ने मोटर जोडेपछि छललल पानी आउँछ घरमा, होइन भ्रममा नपर्नुहोला, मैले यी माथि कहेका क्रियाकलाप नियमित भएनन् र गरिएन भने मोटरले पानी होइन हावा मात्रै तान्छ । जसको पनि मैले मूल्य भुक्तान गर्नुपर्छ, विद्युतको र ७५ रुप्पे न्युनतमबाट अहिले बढाउनु भएका डेडसय रुप्पे । तर नगरज्यू त्यो अभियुक्त पानी तान्ने मोटर लगाउँदा पनि तपाइको न्युनतम डेडसय कहिले नाघ्दैन ? किन ? कहिले सोच्नु भएको छ ? पानी आए त म डेडसय होइन हजार तिर्न तयार छु । हेर्नुस् अव म थाकिसके, आजित भएको छु । मेरा रचनात्मक क्रियाकलापमा जाने समय अहिले सत्तोसराप, गाली गलौज, झै झगडा, रिसराग र पाइपका रेन्जहरु वोकेर हिड्दैमा नै खर्चिएको हुन्छु । 
तपाईलाई पनि थाह छ, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका खानेपानी खपत मापदण्ड अनुसार मानिस स्वस्थ रहन सरसफाइ र पिउने पानीको दृष्टिकोणबाट ग्रामीण र शहरी क्षेत्र गरि २ छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । ग्रामीण भेगका जनताहरुका लागि ४५ लिटर प्रतिदिन प्रतिव्यक्ति पिउन र सरसफाई गर्न पानीको आवश्यक हुनुपर्छ भनि तोकिएको छ भने शहरीक्षेत्रमा बसोवास गर्ने शहरवासीमा खानेपानीको न्युनतम खपत मापदण्ड प्रति व्यक्ति प्रतिदिन २ सय ६५ लिटर हुनुपर्छ भनेर तोकिएको छ । अव भन्नुस् हामी हरितनगर इलामका जनता शहरवासी कि ग्रामीण भेगवासी ? र तपाईले खानेपानी खपतको त्यो न्युनतम मापदण्ड अनुसारको सेवा दिनुपर्छ कि पर्दैन ? 
हरितनगरका नगरबासीले प्रतिदिन प्रतिव््यक्ति २ सय ६५ लिटर भन्दा बढी पानी प्राप्त गर्नु उसको नैसर्गिक अधिकार हो । सय लिटर मुश्किलले आउने पानी त्यो पनि २ दिनमा अव भन्नुस् तपाइको खानेपानी व्यवस्थापनले नेपाल सरकारको मापदण्ड कहाँनिर भेट खायो । मापदण्डभन्दा कम सेवा दिने अनि महशुल चै वर्षको झन् दोव्वर गर्ने ? कहाँ लेखेको छ यस्तो कुरा ? नगरबासी चुपचाप तपाईलाई सहेर बसेको अर्थ सजिलो रुपमा नहेर्नुस् । अझ त्यसमाथि सरसफाई करको कुरा थप्नुभएको छ । २ सय प्रतिघर प्रतिमहिना सरसफाई कर । अव खानको लागि पानी छैन, नुहाउनका लागि पानी कहाँबाट ल्याउनु । अव नुहाइएन वा लुगा नधोइ पटक पटक दोह्याइ तेह्याइ लगायो भनेर यो कर उठाको त होइन नि ? होइन भने हाम्रो घरआँगनमा तपाइको फोहोर उठाउने गाडी किन कुद्दैन ? सजिलोबाटोमा मात्रै फोहोर निस्कन्छ भन्ने ठान्नु भएको छ, भने अप्ठ्यारोबाटोको घरहरुमा के को सरसफाइ कर नि फेरि ? त्यसैले त्यो न्युनतम मापदण्डभित्रको पानी दिनुहुन्छ भने आउनुस् आजैबाट अभियुक्त त्यो पानी तान्ने मोटरलाई कार्वाही गरौं । अन्यथा छिमेकी छिमेकीवीचको झगडाको मेलो नबनाइदिनु्स प्लिज ।  मिति ः २०७३ भाद्र १० गते । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment