ते¥हौं पूर्ण स्मृति दिवसमा पुरस्कार वितरण


इलाम, २७ भदौ । ते¥हौं पूर्ण स्मृति पुरस्कार वितरण समारोहमा इलामका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । इलामका शिक्षासेवी पूर्णप्रसाद श्रेष्ठको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार सोमबार इलाममा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । इलाम जिल्लामा यस वर्ष प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विवि मेमोरियल स्कुल नेपालटार साखेजुङकी छात्रा अस्मिता राईले नगद ५ हजार रुपैंयाँ सहित प्रशंसापत्र पाइन् । पूर्ण स्मृति पुरस्कार वितरण समारोह समितिकी अध्यक्ष पुष्पा श्रेष्ठले अस्मिताका बुबा धनबहादुर राईलाई नगद र प्रशंसापत्र हस्तान्तरण गरिन् । कार्यक्रममा ज्योति विद्या मन्दिरबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने आलोक खतिवडालाई पनि सम्मान गरियो । शारिरीक रुपमा अपाङ्ग भएपनि फरक क्षमता भएका आलोकका बुवा भुवनप्रसाद खतिवडाले सम्मान ग्रहण गरे । यसैगरी जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै समितिले इलाम सोसियल इनिसिएटिभ क्लोथ बैङ्कलाई नगद ७ हजार रुपैंयाँ सहित सम्मान गरेको छ । समितिले प्रकाशन गरेको पूर्ण स्मृति ग्रन्थको समिक्षक केशबहादुर राईलाई पनि समितिले कार्यक्रमबिच प्रशंसा पत्र प्रदान गरेको छ । कार्यक्रममा विवि मेमोरियलका प्रधानाध्यापक टेकेन्द्र बस्नेत, समितिका सदस्य सचिव रविन्द्र श्रेष्ठ, विद्यालयका संस्थापक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षाविद् पूर्णप्रसाद श्रेष्ठको शिक्षाक्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
इलामका दुई शिक्षासेवी सम्मानित
ज्योति विद्या मन्दिर विद्यालयका प्रधानाध्यापक गणेश खतिवडा र माइपोखरी एकेडेमीका प्रधानाध्यापक धनप्रकाश राई सम्मानित भएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उनीहरुलाई सम्मानपत्र प्रदान गरेको हो । शिक्षा क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै खतिवडा र राई सम्मानित भएका हुन् । दुवै शिक्षासेवी वर्ष २०७१ र २०७२ का लागि सम्मानित भएका हुन् । प्राविधिक कारणले नेपाल सरकारले दुवै वर्षको सम्मान यसवर्ष प्रदान गरिएको हो । १३ औं पूर्ण स्मृति पुरस्कार वितरण समारोहबिच सो प्रमाणपत्र ज्योति विद्या मन्दिर विद्यालयका प्रधानाध्यापक गणेश खतिवडालाई प्रदान गरियो । यसअघि पनि ज्योति विद्या मन्दिरका पूर्व प्रधानाध्यापक ठगबहादर विश्वकर्माले शिक्षा मन्त्रालयले प्रदान गर्ने यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment