काठमाडौं । चारदिने राजकीय भ्रमणको लागि दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएपछि भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्रीलाई स्वागत गरेकी छन् । दहालको भ्रमणका क्रममा भूकम्पका बेला भारतले दिने भनिएको सहुलियत ऋण सहयोगमा सम्झौता हुने भएको छ । भारतले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि एक खर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता काठमाडौंमा भएको दाता सम्मेलनमा गरेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment