आपाचे २०० को इलाममा लोकार्पण

इलाम, १९ भदौः टिभिएसको आपाचे २०० को इलाममा लोकार्पण गरिएको छ । इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेल र प्रथम उपाध्यक्ष इश्वर चिपालुले संयुक्त रुपमा सो नयाँ बाइकको लोकार्पण गरे । टिभिएसको आधिकारिक विक्रेता डिजी टे«ेडले इलाम नपा–६ स्थित पेट्रोल पम्प स्थित आफ्नै सोरुममा शनिबार एक कार्यक्रमको आयोजना गरी आपाचे २०० को लोकार्पण गरेको हो । लोकार्पण सँगै सोरुमले कुनैपनि बाइक एक्सचेञ्ज गर्ने अफर पनि ल्याएको डिजी ट्रेडका प्रमुख दिलिप पौडेलले बताए । एक्सचेञ्जका लागि २५ जना ग्राहकले बाइक बुक गरिसकेको उनले जानकारी दिए । उनले दशैको मौकामा टिभिएसका कुनैपनि बाइकको खरिदमा १० हजारसम्मको नगद छुट अफर पनि शुरु गरेको जानकारी दिए ।  टिभिएसको आपाचे सिरिजमा १६० र १८० सिसीको मात्र बाइक भएकोमा कम्पनीले २०० को नयाँ बाइक लञ्च गरेको हो । टिभिएसले यो बाइकलाई परफरमेन्स बाइकको पारखीको लागि उपयुक्त बाइक भनेको छ । बाइकको इन्सट्रुमेण्ट प्यानल र लुक्स रेसिङ बाइकको जस्तै छ भने पुरानो आपाचे भन्दा ह्याभी र ठूलो पनि देखिन्छ । सर्भिस रिमाण्इडर, लो ब्याट्री इण्डिकेटर, ल्याप टाइमर र टप स्पीड फिचर्स यो बाइकमा रहेको छ जुन बजारमा भएका कुनैपनि बाइकमा एकसाथ छैन ।
बाइकको टेल लाइटमा एलइडी ल्याम्प राखिएको छ । २०० सिसीको बाइकको सिरिजमा २० विएचपी भएको यो पहिलो बाइक हो जसले बाइकलाई थप शक्तिशाली बनाउन मदत गरेको छ । २०० को यो बाइकको अर्को आकर्षण यसको साइलेन्सर पाइप छ ।
जसले टु वे प्रदुषित कार्वनलाई फिल्टर गरिरहेको हुन्छ । २०० सिसीको सिरिजमा यो बाइक सबैभन्दा सस्तो मुल्यमा हाल उपलब्ध भएपनि चाडपर्व सकिएलगत्तै बाइकको मुल्यबृद्धि हुनसक्ने डिलरले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment