राष्ट्रिय परीक्षा बोर्डले गत जेठ असारमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थीमध्ये नियमित तर्फ ८४ हजार ५ सय ९३ जना र आंशिकतर्फ १ लाख २३ हजार ९ सय ८१ परीक्षार्थीमध्ये ४८ हजार ७ सय ६३ उत्तीर्ण भएका छन्।
मानविकी, व्यवस्थापन, शिक्षासहित सबै संकायको नतिजा आज सार्वजनिक भएको हो।
राष्ट्रिय परीक्षा बोर्डले गत साउन २३ गते विज्ञान संकायको परीक्षाफल प्रकाशित गरिसकेको छ। परीक्षामा सहभागी ३ लाख ४६ हजार ४ सय २७ परीक्षार्थीमध्ये यस अघिनै विज्ञान संकायका झण्डै ४० हजार विद्यार्थीको नतिजा सार्वजनिक भईसकेको छ ।
शिक्षा ऐन लागू भएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर परीक्षा बोर्ड गठन भएको हो । बोर्ड गठन भएको ३९ औं दिनमा खाली भएको बोर्डको सदस्य सचिवमा गत शुक्रबार मात्रै शिक्षा मन्त्रालयले सह सचिव सूर्य गौतमलाई सदस्य सचिव बनाएर पठाएको थियो ।
नजिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
- http://www.neb.gov.np/
- http://hseb.edusanjal.com/
- http://neb.ntc.net.np/
0 comments:
Post a Comment