चितुवाको छालासहित दुई पक्राउ, सूचना गोप्य राख्ने प्रयास


इलाम, १८ भदौः इलामको पशुपतिनगर–४बाट बिहीबार एक थान चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१६ बस्ने २८ वर्षिया डोल्मा लामा र भारतीय नम्बरको जीप चालक दार्जिलिङ गोलाई बजार बस्ने २४ वर्षिय सुमनकुमार शाह छन् । उनीहरु बिहीबार बिहान पशुपतिनगर गाविस–४ नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले भारतीय सवारी साधनहरु चेकजाँच गर्ने क्रममा डब्लुबि–७६–२४८७ नम्बरको सेतो टाटा स्करपियो जीपमा सवार रहेकी डोल्माको साथबाट ३ फिट ११ ईन्च लामो, १ फिट १० ईन्च चौडाई भएको चितुवाको सुकेको छाला बरामद भएको हो ।
बरामद छालासहित दुवै र सवारी साधनलाई जिल्ला वन कार्यालय इलाममा बुझाइएको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी पशुपतिनगर प्रहरीले भन्सार छलेको एक हजार दुई सय पचास किलो चिनीसहित महेन्द्रा पिकअप गाडी पनि भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालयको गस्ती टोलीले बिहीबार राती को१ज १७४९ नम्बरको पिकअपमा राखेर भारततर्फबाट ल्याउँदै गरेको अवस्थामा ५० किलोको बोरामा प्याकिङ गरिएको २५ बोरा चिनी बरामद गरेको थियो । जिल्लास्थित प्रहरी तथा प्रशासनबाट भन्सारमा पक्राउ परेका समाग्रीहरुको जानकारी संचारकर्मीलाई दिन कन्जुस्याई गर्ने गरेको गुनासो स्थानीय संचारकर्मीहरुको रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment