ताप्लेजुङ, १८ भदौः लगातारको वर्षापछि ताप्लेजुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् । ताप्लेजुङ नगरपालिका–२ दोखुमा पहिरोले घर पुरिदा निरौला टोलका २८ वर्षीया बिमला मगर, उनका ९ र ७ वर्षका छोराहरु मनोज र ललित मगरको मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिएको घरबाट शनिबार बिहानै निकालेका थिए ।

अन्य वडाको घरमा क्षति पुगेको विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । अन्य स्थानको समेत विवरण संकलन गर्ने काम भइरहेकाले आइतबारसम्म क्षतिको पुर्ण विवरण आउने उनको भनाइ छ ।
पहिरोका कारण सबै भन्दा बढि विस्थापित ताप्लेजुङ नगरपालिका ८ का ३२ घरका १ सय ५५ जनालाई नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । उनीहरुलाई ताप्लेजुङ नगरपालिका ८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ । उनीहरुलाई स्थानीयको सक्रियतामा उद्धार गर्नसाथ शनिबार विहान चाउचाउ र चिउरा वितरण गरिएको थियो ।
धेरैको घर पुर्णरुपमा क्षतिग्रस्त भएको र अधिकांशको बस्न सक्ने अबस्थामा नरहेकाले अस्थाई रुपमा राखिने प्रजिअ पाण्डेको भनाइ छ । पहिरोले ताप्लेजुङ नगरपालिकाको अधिकांश वडा साथै नाङ्खोल्याङ, फूलबारी, तिरीङ्गे, गाविसका केहि घर समेतमा क्षति पुगेकाले उनीहरु सबैलाई सुरक्षित स्थानमा सारीएको प्रहरीले बताएको छ ।
0 comments:
Post a Comment