महमाईवासी झापा झरेर सब्जी बेच्दै


इलाम, १ असोजः यतिबेला बाँसको तामा बन्ने मौसम हो । बाँसघारीमा तामा टुसाए सँगै इलामको दक्षिणी क्षेत्र महमाईका बासिन्दाहरुलाई भने तामा बेच्ने धपेडी छ । झण्डै ४ घण्टाको जोखिमपूर्ण पैदल हिँडेर महमाईका बासिन्दा तामा बिक्री गर्न झापाको पर्यटकीय स्थल दोमुखा सम्म झर्ने गरेका छन् ।
इलामको दक्षिणी दुर्गम गाविस महमाई ८ र ९ वडाका बासिन्दाको दैनिकी आजभोली स्थानीय जंगलको बाँसघारीमा तामा खोज्ने र बिक्रीका लागि झापा सम्म ल्याउने गर्दैमा बित्ने गरेको छ । महमाईको लालाखोला, चैते, ढुङ्ढुङ्े, विष्नेटार, ताँते लगायत क्षेत्रका बासिन्दा अर्थोपार्जनका लागि तामा खोजेर बिक्रीका लागि झापाको दोमुखा, सुरुङ्गा बजार सम्म आउने गरेका छन् । गाउँका केटाकेटी देखि पाको उमेरका मानिसहरु समेत डोकोमा तामा बोकेर बिक्री गर्न झापा सम्म झर्छन् । कतिपयले आफ्नै बाँसघारीमा र धेरैजसोले स्थानीय जंगलमा तामा काटेर बिक्री गरी आम्दानी गरिरहेका छन् । तामाको तरकारी र अचार मेसु बन्ने भएकाले बजारमा यसको माग छ । स्थानीयले दोमुखा र सुरुङ्गा बजार सम्म तामा ल्याएर होलसेलमा व्यापारीलाई प्रतिकेजी तीस रुपैयाँमा बिक्री गर्ने गर्दछन् । व्यापारीका अनुसार तामालाई माग अनुसार झापाका बजार देखि काठमाडौं सम्म पु¥याउने गरेका छन् । स्थानीयले आफूहरु इलामको दुर्गम भेगमा भएकाले आफ्ना कषि उत्पादनहरु बजार सम्म पु¥याउन सधैं समस्या हुने गरेको गुनासो गरेका छन् ।
इलामका महमाई क्षेत्र अदुवा, अम्रिसो, केरा उत्पादनका लागि चिनिएको क्षेत्र हो । महमाई गाविस इलाम जिल्लामा पर्ने भएपनि यातायातको पहुँच नहुँदा त्यहाका कृषि उत्पादन मानिसले बोकेर झापाका बजारसम्म ल्याई बिक्री गर्नुपर्ने बाध्यता छ । न्युज ट्वाइण्टीफोरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment