इलाम, ३० भदौः इलाम दुध उत्पादनमा आत्मनिर्भर भइसेकोले इलामलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणाका लागि सिफारिस गरिएको छ । पशु विकास कार्यदल इलामको सोमबार बसेको बैठकले इलामलाई दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । कार्यदलले गरेको निर्णय जिल्ला पशुसेवा कार्यालय इलामले क्षेत्रीय पशुसेवा निर्देशनालयलाई लेखीपठाएको छ । कार्यदलको संयोजक जिल्ला पशुसेवा कार्यालय इलामका प्रमुख, तथा सदस्यरुमा जिल्ला प्रसासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला बन कार्यालय, महिला तथा बालबालिका कार्यालय, कृषि बिकास बैङ्क तथा व्यवसायिक कृषकहरु लगायत रहने व्यवस्था छ ।
राष्ट्रिय नीति बमोजिम प्रति ब्यक्ति प्रति वर्ष ९१ लिटर दुधको आवश्यकता रहेकोमा इलाम जिल्लामा हाल विद्यमान जनसङ्ख्याको आधारमा उत्पादित दुध २ करोड ६७ लाख ५८ हजार २ सय सतहत्तर लिटर खपत भई ९ करोड १९ लाख ५८ हजार ७ सय तेइस लिटर बढी दुध उत्पादन भइरहेको जिल्ला पशुसेवा कार्यालय इलामसँग तथ्याङ्क छ । जुन बढी उत्पादन हुने दुधले १० लाख १० हजार ५ सय छत्तिस जनालाई बर्षभरि दुध पु¥याइरहेको छ । अङ्कको हिसाबले यस्तो तथ्याङ्क देखिए पनि ध्यु, छुर्पी र विदेश निर्यात हुने अन्य दुधका परिकारलाई हिसाव यसमा गरिएको छैन । २०६८ सालको जनगणना अनुसार इलाम जिल्लाको जनसङ्ख्या २ लाख ९० हजार २ सय चौवन्नलाई प्रतिवर्ष ०.२६ बृद्धिभएको मान्ने हो भने २०७२ सम्ममा जिल्लाको जनसङ्ख्या २ लाख ९४ हजार सट्चालिस हुन आउने सङ्ख्यालाई आधार मानी उल्लेखित तथ्याङ्क जिल्ला पशुसेवा कार्यालयले निकालेको हो । दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नेपाल सरकारले बनाएको कार्यविधि २०७३ बमोजिम सो सिफारिस गरिएको जिल्ला पशुसेवा कार्यालय इलामका प्रमुख पशुपति ढुङ्गानाले बताए । नेपाल सरकारले चितवन, इलाम, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही र पाल्पा जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्ने तयारी गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लालाई नेपाल सरकारले यसअघि नै दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिसकेको छ ।
0 comments:
Post a Comment