बुझी नसक्नु भो सुर्योदय नगरपालिकाको काम, बनाउन थालेको झन बिग्रीपछि सर्वसाधरणलाइ सास्ती


जिर्मले, ३० भदौ : सुुर्याेदय नगरपालिका स्थित हर्कटे–जिर्मले सडकखण्डको तारगाउँ सम्मको सडक मर्मतमा सुुर्योदय नगरपालिका र समुदायको लगानीमा सडक सुधार गर्न थालिएको भएपनि सडक मर्मत पछि झनै बिग्रिएको छ । सडकको स्थिति पहिलाको भन्दा खराब भएपछि सर्वसाधारणले सास्ती बेर्होदै जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । उता निमार्णकर्ता र नगरपालिकाको अलग–अलग कुराले स्थानीयबासी झनै अलमलमा समेत परेका छन् । सुुर्योदय नगरपालिका वडा नम्बर १३ तारगाउँ अन्र्तगत हर्कटे–जिर्मले सडकको हर्कटेबाट तारगाउँ चिया कारखाना सम्मको मोटरबाटो मर्मतका लागि नगरपालिकाको सडक विकास बोर्डको सातलाख र समुदायको तीनलाख रुपैंयाँगरी कूल दशलाखको लगानीमा बाटो निर्माण गरिन लागिएको हो । बाटो बिस्तार गर्न गत असारको अन्तिम साता माटो काटेर हिलाम्मे बनाइएको र हालसम्म मर्मत नगरिएको कारण उक्त सडकमा मोटर गुड्न नसक्ने भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
बाटो मर्मतको लागि विभिन्न स्थानमा ढुङ्गा थुपारिएको भएपनि हालसम्म सोलिङ्ग नभएको कारण हिलाम्मे सडकको किनाराबाट सवारीको साधन चलाउँदा निक्कै जोखिम मोल्नु परेको एक सवारी चालक निमा तामाङ्गले बताए । विगत वर्षमा सहज रुपमा सवारीसाधन गुडाउन सकिने बाटोमा हाल मोटरसाइकल समेत गुडाउन नसकिने अवस्था रहेको स्थानीय डुकराज पौडेल बताउँछन् । पौडेलले भने ‘मोटरसाइकलमा कुुद्धा हिलोमा डुबेर नलडेको सायद कोहीपनि छैनहोला ।’ उनी मात्र हैन इलाम नगरपालिकाका देवेन्द्र तिम्सिना समेत सो बाटोका विषयमा गुुनासो गर्छन् । उनी भन्छन् ‘म त मोटरसाइकल हर्कटेमानै राखेर जिर्मले जाने गरेको छु ।’ यता सडक बनाउने जिम्मेवारी कस्को हो भन्ने समेत स्थानीयबासीलाई थाहा छैन । दश लाखमा काम हुँदैछ भनेको मात्र थाहा पाएको र अन्य कुुरा आफुले थाहा नपाएको स्थानीय उपभोक्ता बुद्ध कार्की बताउँछन् । उनका अनुसार नागरिक वडा मञ्चका संयोजक शिव कुमार बस्नेतको सक्रियता रहेको सुुनेको थाहा पाए पनि उपभोक्ता समिति बनेको थाहा नभएको उनको भनाई छ । यसबारेमा नागरिक वडामञ्चका संयोजक शिवकुमार बस्नेतसँग सम्पर्क गर्दा सडक विकास बोर्ड र स्थानीय समुदायको गरी दश लाखको तागतमा बन्ने सडकमा टेन्डर आह्वान भएको र काठमाडौंमा रहेको सक्षम निमार्ण सेवाले जिम्मेवारी लिएर तीन सय सड्चालिस मिटरको सोलिङ्ग गर्ने जिम्मेवारी आफैले लिएको बताए । उनले भने ‘मैले त गाउँकै काम भनेर चार पाँच दिन जेसिबीको प्रयोग गरेर बाटो बिस्तार समेत गरेको छु ।’
टेन्डर आव्हान गरेको कुरा थाहा नभएको सूर्योदय नगरपालिकाका राजनैतिक संयन्त्रका प्रतिनिधि तथा नेपाली कांग्रेस क्षेत्र नै १ का सभापति दुर्गा बरालले बताए । यसबारेमा नगरपालिकाका प्रमुख समेत रहेका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईसँग बुझ्दा सडक विकास बोर्ड र स्थानीय समुदायको साझेदारीमा बाटो मर्मत भइरहेको हो । हर्कटे देखि तारगाउँ चिया कारखानाको विभिन्न खण्डसम्म बाटो मर्मत, बिस्तार र सोलिङ्ग गर्न उपभोक्ता समिति मार्फत जिम्मेवारी दिइएको साथै वर्षादको समय भएकोले काम ढिलो भएको स्वीकार्दै अब तुरुन्तै काम अगाडी बढाइने बताए । यस्तो अन्योलको बिचमा निमार्णमा सक्रिय व्यक्ति र नगरपालिकाको अलग–अलग भनाईबाट स्थानीय अन्योलमा परेका छन् । सुुचनाबाट वञ्चित रहेर अन्योलमा परेका नागरिक जोखिममा यात्रा गर्नु परेको बताउँदै सम्बन्धित पक्षले तदारुपता दिएर सो स्थानको सडक मर्मतमा पहल गर्नु पर्ने उनीहरुको माग रहेको छ । सडकको भविष्यसँग आफुुहरुको भविष्य जोडिएको भन्दै पारदर्शिता र जवाफदेहिताको साथ काम अगाडी बढाउनुपर्ने उनीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment