स्थानीय तहको पुन संरचनाको विवाद समाधान गर्ने भन्दै अधिकार क्षेत्र मिच्ने संकेत

इलाम, इलाममा आयोजित पत्रकार सम्मेलनमा वोल्दै संघीय मामिला तथा स्थानीय विकास मामिला राज्यमन्त्री श्रीप्रसाद जवेगुले अव, स्थानिय निकायको पुनर्रसंरचना चाँडै टुङ्गो लागेर स्थानीय तहको निर्वाचन हुने वताएका छन् । साथै उनले सरकारले स्थानीय निकाय पुर्न संरचना आयोगको अधिकार क्षेत्र मिचेर सहमतीमा स्थानीय निकायको सख्या र सिमा निर्धारण गर्नलागेको वहालवाला राज्यमन्त्रीले संकेत गरेका छन् ।
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचना आयोगले प्रतिवेदन तयार गरेपछि दलहरुको सहमतिको आधारमा स्थानीय तहको पुन संरचनाको विवाद समाधान गर्ने भन्दै अधिकार क्षेत्र मिच्ने संकेत दिएका हुन् ।
सोमबार विहान इलाम सदरमुकाममा प्रेस सेन्टर इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले ठुल्ठुला समस्या दलीय सहमतिबाट समाधान भएकाले स्थानीय तहको पुर्न संरचनाको समस्या पनि समाधान हुने बताएका हुन् ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि पनि काम गरिरहेको जवेगुले बताए । तराईका समस्या समाधान गरेर सरकार अघि बढ्ने पनि जबेगुतले बताए ।
अहिले देखिएका सबै विवाद सहमतीबाट समाधान गर्न सरकारले काम गरिरहेको जवेगुको भनाई छ । उनले इलामका स्थानीय निकायका कर्मचारीसंग पनि छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment