इलाम नगरमा उच्छृखल गतिबिधि बढ्दै


इलाम, २० भदौः पछिल्लो समय इलाम नगरक्षेत्रमा उच्छृखल गतिबिधि बढ्दै गएको छ । केहि दिन अघि मात्र नारायणस्थान मन्दिर नजिकै रहेको सत्य साईराम केन्द्रमा तोडफोड गरी त्यहाँका सामाग्रीहरु बाटोमा छरिदिएको घटना सेलाउन नपाउँदै आईतबार राती इलाम नगरपालिका कार्यालयमा तोडफोड भएको छ । 
आइतबार राती नगरपालिका कार्यालयको अगाडि भागमा रहेको डिभाईडरहरु भत्काईदिएको, साइनबोर्डमा ढुंगा प्रहार गरेको कार्यालयले जनाएको छ । त्यसका साथै त्यही नजिक रहेको पुष्प ढुंगानाको घरको बेञ्च तोडफोड गरेको, जनक श्रेष्ठको पानी ट्यांकी तोडफोड भएको उनीहरुले बताएका छन् । त्यसै गरी केहिदिन देखि आदर्श उच्च माध्यमिक विद्यालयको छानामा ढुंगा प्रहार हुने गरेको स्थानीयले बताए । 
नगरपालिका जस्तो सरकारी कार्यालयमा समेत तोडफोड गर्ने समुहको पहिचान नहुँदा यसप्रकारको घटनाले उक्तक्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् । चाडवाडको समयमा आफन्त, छरछिमेकमा राती आउजाउ गर्न पनि खतरा महसुस भएकोले उनीहरुले नगरको सुरक्षाको लागि स्थानीय प्रशाासनले गम्भीर भएर लाग्नु पर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment