अलैंचीबाटैै पाँच करोड भित्रियो सलकपुरमा

इलाम, २६ भदौः तीन दशक अघिसम्म रोजीरोटीका लागि कादो, मकै र अदुवामा निर्भर रहेका इलाम जिर्मले सलकपुरबासीले व्यवसायिक अलैंची खेती शुरु गरेसँगै प्रसस्त आम्दानी गर्न थालेका छन् । परम्परागत खेतीको विकल्पका रुपमा बारीमा अलैंची र सुन्तला व्यवसायिक रुपमा रोपे पछि अहिले गाउँबासीको सुखका दिन शुरु भएका छन् र सलकपुरले गोल्डेनभ्यालीका रुपमा समेत प्रसिद्धि कमाउँदै छ । खोल्साको कालो सुनका रुपमा परिचित अलैंची खेती गरिदै आएका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र इलामका अधिकांश क्षेत्रका अलैंची खेती पछिल्लो वर्षहरुमा रोगले सखाप पारे पनि इलामको सलकपुरमा भने रोग नलागेकाले वर्षेनी उत्पादन बढ्दो अवस्थामा रहेको अगुवा किसान शमशेर राई बताउँछन् । करिब २ सय ५० घर परिवारको बसोवास रहेको सलकपुरका कृषकले यो वर्ष मात्र अलैंची र अलैंचीका बिरुवा बेचेर ५ करोड ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको राईले बताए । ७० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ प्रतिमका दर यो साल पाँच सयमन अलैंची र पाँच रुपैयाँ प्रतिगोटाका दरले ४० लाख झ्याङ अलैचीका बिरुवा बिक्री गरेको कृषक याम अधिकारीले बताए । 
सलकपुरमा खेती हँुदै आएको फरक जातको अलैंचीको नाम अलैंची विकास कार्यालय फिक्कलले ‘जिर्मले जात’ भनेर नामाकरण गरेको र अन्य जातको तुलनामा यसमा रोग प्रतिरोधी क्षमता उच्च हुने भएकाले अहिले यहाँको बिरुवाको अलंैची खेती सम्भाव्य क्षेत्र मानिएका नेपालका ३९ वटा जिल्लाबाट माग भएको कृषहरु बताउँछन् । बिरुवाको माग बढेसँगै फलको समेत उत्पादन बृद्धि र उचित मुल्यका कारण यहाँका कृषक अलैंची खेती तर्फ उत्साहित भएका छन् । 
विभिन्न जिल्लाका कृषक अलैंचीको बिरुवाको खरिदका लागि सलकपुर आउन थाले पछि अन्य बाली मासेर अलैंचीको नर्सरी राखको कृषक राईले बताए । सलकपुरमा ४ वटा व्यवसायिक अलैंचीको नर्सरी रहेका उनले बताए । तेह्थुम, धनकुटा, गोर्खा, बाग्लुङ र रोल्पासम्म सलकपुरे अलैंचीको बिरुवा लगिएको अलैंची विकास कार्यालय फिक्कल पान्दामले जानकारी दिएको छ । 
अन्य जातको अलैंचीको तुलनामा सलकपुरे अलैंचीलाई कम पानि चाहिने र ताप बहन क्षमता समेत बढी रहेकाले यो जातको अलैंची कृषकको रोजाईमा परेको कार्यालयका प्रमुख पदम अधिकारीले बताए । विश्व बजारमा उत्पादनका हिसाबले ६० प्रतिशत हिस्सा ओगटेको नेपालको अलैंचीकोे सलकपुरमा भने सन् १९८५ मा दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्किएका बेला उताबाट भागेर आएकाहरुले ल्याएको बिरुवा रोपेपछि शुरु भएको स्थानिय बृद्धहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment