दश नं. क्लष्टरको केन्द्रमा माबुको असन्तुष्टि
इलाम, २ असोज (चियाबारी संवाददाता)ः जिल्लाको माबुस्थित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले दश नं. क्लष्टरको केन्द्र प्रति ध्यानर्कषण गराउँदै आइतबार स्थानीय निकाय पुर्नसंरचना प्राविधिक सहयोग समिति इलाममा हस्ताक्षर पेश गरेका छन् । प्राविधिक समितिले इलाम जिल्लाको स्थानीय निकायको पुर्नसंरचनाको दुईवटा खाका आयोगमा पठाएको छ । हस्ताक्षरपत्रमा दश नं. क्लष्टरको केन्द्र सुलुबुङस्थित देउराली बजारलाई कायम गरिएको र यसले मुलुकको विकास र समृद्धिको रुपमा लैजाने प्रमुख मध्यमको रुपमा रहेको स्थानीय निकास जस्तो संवेदनशिल र महत्वपुर्ण विषयको निणर्य गर्दा त्यसक्षेत्रका सबै बासिन्दाको भावना बुझ्न आवश्यक देखिएकोले माबु गाविसका बासिन्दाहरुको लागि देउराली अपायक पर्ने भएकोले विकल्पको रुपमा माबुको सोमबारे बजार आसपास, सुलुबुङको लुङ्गेलीटार, याक्पी गैरी गाउँ वा जमुनाको ढाप सिमसार आसपास बनाउन सकिने उल्लेख छ ।
हस्ताक्षरपत्रमा नेपाली कांग्रेस माबुका सभापति दिपेश गुरुङ, नेकपा एमालेका अध्यक्ष सिद्धिबहादुर गुरुङ, माओवादी केन्द्रका अध्यक्ष हर्क रेश्मी, संघीय समाजवादी फोरमका अध्यक्ष दलबहादुर साउनदे, संघीय लिम्बुवान पार्टीका अध्यक्ष धनप्रसाद साउदेन, आदीबासी जनजाति गाउँ समन्वय परिषदका अध्यक्ष चेतनराज राई तथा माबु गाविसका निवर्तमान अध्यक्ष ढालबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
‘खाद्यान्नको भाउ आधा घटाउ’
इलाम २ असोज ः (चियाबारी संवाददाता)ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले खाद्यान्न, तरकारी, दुध र मसलाजन्य पदार्थको भाउ आधा घटाउनु पर्ने माग गरेको छ । आइतबार इलामका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाउँदै पेट्रोलियम पदार्थमा समेत अत्याधिक मुल्य कायम गरिएको र सो मुल्य घटाउन माग गरिएको छ । कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुुको मुल्य अत्यन्तै न्युुन पाउने र उपभोक्ता सम्म पुुग्दा सोही वस्तुुको मुुल्य दोब्बर भन्दा माथी हुने गरेको भन्दै यस्तो स्थितिको अन्त्य गर्न समेत प्रधानमन्त्री मार्फत सरकारलाई आग्रह गरिएको छ । जिल्ला सेक्रेटरी त्रिलोचनद्धारा हस्ताक्षरित पत्रमा किसानहरुले उत्पादन गरिएका वस्तुु राज्यबाट नै खरिद गरी उपभोक्तासम्म पुु¥याइनुपर्ने, कृषिको औद्योगिकरण र आधुनिकिकरण गर्न सरकारबाट नै पहल गरिनुपर्ने माग समेत गरिएको छ ।
परिवार नियोजन दिवसमा अन्र्तक्रिया
इलाम, २ असोज ः (चियाबारी संवाददाता)ः नेपाल परिवार नियोजन संघ इलाम शाखाद्धारा सदरमुकामस्थित भगवती उच्च मा.वि.मा ५८ औं परिवार नियोजन दिवसको अवसरमा ‘व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार’ भन्ने नाराका साथ वकालत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शाखा सभापति ज्ञानेन्द्र शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै सभापति शिवाकोटीले संघले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा तथा सेवाका साथ साथै यौन तथा यौनिकतामा समेत विशेष जोड दिदै आईरहेको धारणा राखेका थिए भने शाखा प्रबन्धक विद्याकिशोर सिंहले कार्यक्रमको सफलताका लागि समुदायको सचेत नागरिकका हैसियतले शिक्षक तथा विद्यार्थी वर्गको अहम भूमिका रहने धारणा राखेका थिए । उक्त कार्यक्रममा शाखा उपसभापति जयेन्द्र शिवाकोटी, विद्यालयका प्राचार्य प्रेम घिमिरेले पनि आफ्ना धारणा राखेको थिए ।
सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय सम्मेलन इलाममा
इलाम, २ असोजः पहिचान र समानताको लागि प्रतिवद्धता भन्ने सन्देशका साथ सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलन आइतबार देखि इलाममा शुरु भएको छ । स्थानीय तहको पुर्नसंरचनामा ‘किराती कोईच सुनुवार’को स्वायत्त तथा संरक्षित क्षेत्रको निमार्ण, आधार एवम रणनीति विषयमा केन्द्रीत रहेर छलफल गरिनेछ । नेपाल, भारत, सिक्किमका गरि तीन सय बढी प्रतिनिधिको सहभागिता रहेको यस सम्मेलन कार्यक्रम शुरु हुनु अघि झाँकी, ¥याली सहित इलाम बजार परिक्रमा गरिएको थियो ।
सम्मेलनको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सांसद नगेन्द्र कुमालले उदघाटन गरेका थिए । दुई दिन सम्म सञ्चालन हुने यसको कार्यक्रमको पहिलो दिन उदघाटन सत्र र आज बन्द सत्र रहनेछ । बदलिदो राजनीतिक परिस्थिति तथा राज्यको पुर्नसंरचनामा आदिबासी जनजाति कोईच सुनुवारको पहुँच, सहभागिता र भूमिका माथि वृहत छलफल गरिनेछ ।
0 comments:
Post a Comment