पुस १२ गते मंगलकार दिनभरी के के भयो ?

आदर्शमा नयाँ शक्तिको विद्यार्थी युुनियन 
इलाम १२ पुस ः इलाम सदरमुकामस्थित आदर्शमाविमा मंगलबार नयाँशक्ति पार्टीको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युुनियन गठन गरिएको छ । सुुमन वराइली अध्यक्ष रहेको कमिटीको सचिवमा मुुकेश तामाङ, कोषाध्यक्ष कृष्ण गुुरुङ चयन भएका छन् । एकचालीस सदस्यीय कमिटीको सदस्यहरुमा धनराज लिम्बूू, नारायण सुुवेदी, गोविन्द सञ्जेल, इश्वर राउत, नविन खड्का लगायत रहेका छन् । गठन कार्यक्रममा नयाँ शक्तिका जिल्ला उत्प्रेरक लक्ष्मिप्रसाद दाहाल, पार्टी इलामका सचिवालय सदस्य डेवकुमार जवेगुु, विद्यार्थी युुनियनका केन्द्रीय सदस्य सुुजन शर्मा लगायतले मन्तब्य राख्दै समृद्धि र विकासमा विद्यार्थीको महत्वपुुर्ण भुुमिका रहने चर्चा गरेका थिए । 
सरस्वतीको ६०औ वार्षिक उत्सव
जिर्मले, १२ पुस ः सरस्वती माध्यामिक विद्यालय जिर्मलेको ६०औ वार्षिक उत्सवको मंगलबार विविध कार्यक्रम गदै सम्पन्न भयो । तीन दिन अगाडीबाट शुरु भएको वार्षिक उत्सवमा प्रतियोगितात्मक खेलकुद, सांस्कृतिक कार्यक्रम र मंगलबार मनोरञ्जनात्मक खेलकूद र पुरस्कार वितरण गर्दै मंगलबार समापन भएको थियो । हिजो भएको नृत्य र गायन प्रतियोगितामा दुई दर्जन बढी छात्रछात्राहरुको प्रस्तुती देखाउनका साथै उपस्थित अभिभावक र दर्शकहरुलाई छमछमी नचाएका थिए । वि.सं.२०१४ सालमा स्थापना भई हाल प्रस्तावित मावि संचालको अनुमति मात्रै पाए उक्त विद्यालयले विगत  छ वर्षदेखि एसएलसीमा सहभागिता हुदै आएको छ । वि.व्यासका अध्यक्ष केशर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गोबिन्द पौडेलले र विद्यालयको गतिविधि बारेमा प्रधानाध्यापक डुकराज पौडेलले प्रष्ट गरेका कार्यक्रमको संचालन शिक्षक बेदप्रसाद गड्तौलाले गरेका थिए । 
आठौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
पाँचथर, १२ पुस ः पुस १५ गतेदेखि फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने आठौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका तयार गरिएको छ । जिल्लाकै प्रतिष्ठित फाल्गुनन्द गोल्डकप प्रतियोगिताको खेल तालिका आयोजक फिदिम स्पोर्टिङ क्लबले सोमबार सार्वजनिक गरेको हो । २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता हुने भएको छ । पुस १५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र हिमकस्तुरी क्लब सिराहा ११ भिड्ने भएका छन् । साइनो स्पोर्टिङ क्लब मोरङ ११ र कर्ण सिं सोनाम स्मृती क्लब ताप्लेजुङ १६ गते मैदानमा उत्रनेछन् । १७ गते विर्ता युनाइटेड क्लब झापा ११ र सेन्ट क्लब कालिङपुङ भारतबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै एसेभेन एरोज दुहबी सुनसरी र हिमालयन शेर्पा क्लब काठमाडौं १८ गते मैदानमा उत्रने भएका हुन् । आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङका अनुसार फेन्डस क्लब विआरसि भुटान र चर्च व्वाइज क्लब काठमाडौंले पहिलो चरणको खेलमा बाई पाएका छन् । पहिलो चरणमा बाई पाएको विआसी भुटान १९ गते मैदानमा उत्रनेछ । उसले पहिलो चरणको विजेता टिमसँग भिड्नुपर्नेछ । त्यस्तै बाइ पाएको चर्च व्यवाइज क्लब काठमाण्डौ २० गते मैदानमा उत्रनेछ । पहिलो चरणको विजेतासँग उसको आमने सामने हुनेछ । फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठका अनुसार यो वर्ष प्रतियोगितामा सहभागि हुने टिमको संख्या बढाइएको हो । प्रतियोगिताको आठौँ संस्करणसम्म आठ ओटा टिमलाई सहभागि गराइदै आएको थियो । आठाँै संस्करणबाट १० ओटा टिमले सभागिता जनाउने भएका हुन् । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार र दोस्रो हुने टिमले एक लाख ५० हजार नगद पुरस्कार पाउनेछन् ।
पाथिभरा मन्दिरबाट दुई लाख चोरी
ताप्लेजुङ, १२ पुस ः प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैंयाँभन्दा बढी चोरी भएको छ । तीर्थालुले चढाएको भेटी र पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त दुई लाख २१ हजार रुपैंयाँ चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए । मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ । काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो । प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथिभराको विकासमा क्रियाशील पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथिभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिए ।यसैबीच प्रहरीले नेपाली र भारतीय गरी एक लाख ३१ हजार तीन सय ५५ र एक सय अमेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुूलाई पक्राउ गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment