देउमाईको नगरपरिसद सम्पन्न


मंगलबारे, २५ पुसः देउमाई नगरपालिकाले आर्थिक वर्ष २०७४÷० ७५ को निति तथा कार्यक्रम तेस्रो नगर परिषद सार्वजनिकरण समारोह कार्यक्रम सम्पन्न गरेकोछ। नगरपालिकाले अवलम्बन गर्ने निति तथा कार्यक्रमहरुमा रोजगारी तथा गरीवी निवारण भौतिक पूर्वाधार विकास निती, खानेपानी वातावरण तथा सरसफाई, विद्यु्रत तथा बैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य, कृषी तथा पशु, सहकारी, गरिवी न्यूनिकरण तथा उद्यमशीलता विकास, पर्यटन, लक्षित वर्ग तथा समावेशीकरण, मानव संसोधन विकास, राजस्व तथा वितिय व्यवस्था निति रहेका छन् । 
कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका प्रतिनिधि राजनितिक दलका प्रतिनिधीहरुले तयार गरिएको निती तथा कार्यक्रम सही तरिकाले कार्यान्वयन होस भन्ने धारणा राखेका थिए । 
यसका साथै कार्यकारी अधिकृत दाहालले मन्तब्यकै क्रममा आएका समस्या हरुलाई बजेट, माग, श्रोत साधनलाई मध्यनजर गरेर सबैका मागलाई सम्बोधन गर्न तर्फ लाग्ने कुरा बताए ।  देउमाई नगरपालिका का कार्यकारी अधिकृत भिम प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाम स्थानिय विकास अधिारी ध्रुव बहादुर खड्काको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा इलाम मालपोत प्रमुख, इलाम शान्ति समिति प्रतिनिधी होम दुलाल, विभिन्न पाटीका पाटी प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, स्थानिय बुद्धिजिवी लगायत नगरवासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment