स्थानीय जातको कुखुरापालनमा ह्रास आउँदै


इलाम, १८ पुसः ब्रोइलर कुखुरा व्यवसायिक रुपमा पाल्न थालिएपछि व्यवसायिक रुपमा स्थानीय जातका कुखुरापालन लोप हुनथालेको छ । १० बर्ष यता इलाममा किसानहरु व्यवसायिक रुपमा कुखुरा पाल्न थालेपछि लोकल कुखुरापालनमा ह्रास आउन थालेको हो । पछिल्लो समयमा ग्रामीण क्षेत्रका साथै शहरी क्षेत्रमा ब्रोइलर कुखुरापालन बढ्न थालेपछि स्थानीय जातका कुखुरामा कमी आउन थालेका छ । सुगम ठाउँमा मात्रै होइन, दुर्गम ग्रामीण क्षेत्रमासमेत बोइलर कुखुराको चल्ला ल्याएर पालन थालेपछि स्थानीय जातमा ह्रास आएको हो । स्थानीय जातका कुखुरा महङ्गो पर्नुकासाथै हुर्कनका लागि समय लाग्ने भएकाले ब्रोइलर कुखुरा पालनप्रति किसानको आकर्षण बढेको छ । छिटो हुर्कने र सस्तो हुने भएकाले ब्रोइलर कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमि आएको कुखुरा व्यवसायी प्रविन श्रेष्ठ बताउँछन् । उनले स्थानीय जात भन्दा ब्रोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमापर्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको लगाव हराउन थालेको बताए । उनले भने, ‘स्थानीय जातको कुखुराको माग स्थानीय बजारमा अत्यधिक भएपनि उत्पादन र आपुर्ति कम भएकै कारण महङ्गो पनि हुन्छ । त्यसका कारण पनि कृषकको आकर्षक ब्रोइलर कुखुरामा छ ।’ जिल्लामा जनघनत्व बृद्धिका कारण भएको बढ्दो मासुको मागसँगै खसी बोकाका साथ ब्रोइलर कुखुरापालनमा तीव्रता आएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । जिल्लामा साना किसानले आम्दानीका लागि विभिन्न व्यवसाय सञ्चालनमा आएर आत्मनिर्भरतर्फ उन्मुख हुदै गइरहेकोमा स्थानीय जातको कुखुरापालमा पनि जोड दिनुपर्ने जानकारहरु सुझाउछन् । स्थानीय जातको कुखुराको ज्युदोमा मुल्य प्रतिकेजी ५सय पचासदेखि ६ सय सम्म रहेको छ भने काटेको कुखुराको मुल्य प्रतिकेजी एकहजार रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment