इलाम, १५ फागुन : सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले स्थानिय निकायको निर्वाचनपछि सबै क्षेत्रको समस्या समाधान हुने बताएका छन । बैशाख ३१ गतेका लागी तोकिएको स्थानिय निकायको निर्वाचनबाट जनप्रतिनिधी पाउने भएकाले लामो समयपछि जनताले आफना अधिकारको प्रत्याभुत गर्ने अवसर पाएको उल्लेख गरे । नेपालटारमा भइरहेको सातखाल्डे सहिद स्मृति फुटबलको समापन गर्न आउने क्रममा जिल्ला विकास समिति इलामको समिक्षालयमा कर्मचारीहरुसँगको भेटघाटमा मन्त्री बुढाथोकीले संविधान कार्यान्वयमा सवै उत्तरदायी हुनपर्ने बताए । मन्त्री बुढाथोकीले भने ‘लामो समयको प्रयासपछि बनाइएको संविधान कार्यान्वयन गर्न सकेनौ भने कागजको खोस्टो भए जान्छ । संविधान गीता, कुरान, बाइबल जस्तो सधै अपरिर्वतनिय होइन यसमा भएका कमी कमजोरीलाई सुधार गर्दै कार्यान्वय गर्नुपर्छ’ उनले जनताको संविधान आएकाले यसलाई कार्यान्वयन गर्नु अहिलेको मुल कर्तव्य भएको बताए । संविधानमा बुद्धिले भ्याएसम्म स्वायत क्षेत्र र विशेष क्षेत्रको मागहरु समेत लेखिएकाले आवश्यक परेमा परिमार्जन गर्न सकिने उल्लेख गरे ।
कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वनसँग सँगै स्थानिय निकायको निर्वाचन महत्वपुर्ण रहेकाले निर्वाचन भयो भने मात्र कर्मचारीहरुको मागको सुनवाइ हुने बताए । उनले भने ‘गाउँपालिका वा नगरपालिका जित्ने अध्यक्षलाई यति अधिकार दिइएको छ जुन उसको सार्मथ्य भन्दा पनि बढी हुन्छ, भोली जित्ने अध्यक्ष काही नदेखेको कुवाको भ्यागुतो पनि हुनसक्छ तसर्थ नीति नियम जानेका कर्मचारीहरुले उनीहरुसँग समन्वय गर्दै अघि बढनुपर्ने छ ।’ कर्मचारी एउटा देशको नागरिक समेत भएकाले अब हुने चुनावमा पुर्ण सहयोगको अपेक्षा गरेको बताए । मन्त्री बुढाथोकीले संविधान कार्यान्वय र स्थानिय निकायको निर्वाचनसँग सबै समस्या हल भएर जानेमा आफु विश्वस्त रहेको बताए ।
0 comments:
Post a Comment