“प्रचारप्रसारको अभावमा ओझेल पर्दै जोरधारा” (तस्वीर सहित)

प्रकाश नेपाल

इलाम पर्यटकीय तथा धार्मिक स्थलका रुपमा प्रख्यात मानिएको जिल्ला त्यसमा पनि पर्यटकिय धार्मिक क्षेत्रले भएको नगर इलाम नगरपालिका यस नगर भित्र थुप्रै धार्मिक स्थलहरु रहे मध्ये नगरपालिका भित्र रहेको धार्मिक स्थल प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । जुन क्षेत्र इलाम नगरपालिका बडा नं ४ गोलाखर्कमा रहेको  पञ्कन्या देवी मन्दिर जोरधारा  क्षेत्र हो । मेची राजमार्ग देखि करिब ५००मिटर बाँया ५ मिनेट को पैदल यात्रामा पुगिन्छ । यस धार्मिक क्षेत्रलाई अनाधि काल देखि नै मान्दै आहिरहेको स्थानियहरु बताउछन्  । करिब ८ रोपनिको क्षेत्रफमा फैलिएको  यो धार्मिक स्थल जुन क्षेत्रमा “एउटा यस्तो रहस्य लुकेको छ । यस स्थलमा प्राचिन कालमा कुधिएको शिला लेख कस्ले र के लेख्एिको हो भन्ने कुरा र ढुगा कुधेर बनाइएको धारो समेत कस्ले बाएको हो भन्ने अझै रहस्यमा नै रहेको बताउछन् ” स्थानीय खड्ग नारायण निरौला ।
नगर भित्रनै रहेको धार्मिक रुपमा आस्था बोकेको क्षेत्र संरक्षण र प्रचार प्रसारको अभाबमा ओझेलमा परेको हामी त्यहा पुग्दा सोझै अनुमान गर्न सक्छौ । जोरधारा क्षेत्र संरक्षणको अभाबमा र अबेबस्थित तवरमा बनाईएको कृतिम संरचना को कारण त्यस क्षेत्र भित्र रहेका स्वच्छ पानिका धारा रहेको ठाउँ अहिले कुरुप बन्ने अवस्थामा पुग्नुको साथै वतावरण दुषित भई पानी को मुहान समेत सुक्न थालेको कारण यस क्षेत्रमा संम्बन्धित सरोकार बाला को चाडो ध्यान नपुगे यस क्षेत्र को विनास भएर नजाहोस । पञ्कन्या मन्दिर संरक्षण समितिका सदस्य तथा इलाम नगरपालिका बडा नं ४ का टोल विकास संस्थाका संयोजक राम बहादुर अधिकारीको भनाई छ ।
यस परिसर क्षेत्र भित्र पञ्कन्या मन्दिर, शिब मन्दिर र रामजानकि मन्दिर हरु रहेका छन् ति मन्दिर नजिकै तिन वटा धाराहरु समेत रहेका छन् जस्मा २ वटा फलामका छन् भने एक पाचिन कालमा कुधिएको रहस्यमय ढुगा को रहेको छ ।यस मन्दिर परिसर भित्रै अगाडि पटि भजन किर्तन गर्नको लागि सहज होस भन्ने हेतुले एउटा टहरा समेत बनाइएको छ । त्यति मात्र नभएर काहि कसैको घरमा मरिमराउ पर्दा काजकृर्या गर्न सजिलो होस भनेर एउटा टहरा समेत निमार्ण गरिएको छ मदिर परिसर भित्र एउटा करिब १०० बर्ष पुरानो बरको रुख पनि रहेको छ र यसले एउटा छुट्टै पहिचान बोकेको छ यसलाई समेत संरक्षणका खाचो देखिन्छ ।यति कुराहरु भएकै कारण मन्दिरले एउटा नगरके छुट्टै पहिचान बोकेकोे भएतापनि प्रचारप्रसारको र संरक्षणको अभाबको कारण ओझेलमा परेको देख्निछ । यसलाइ सबै क्षेत्र बाट सहयोग र संरक्षण भएको खण्डमा एउटा प्रशिद्व धार्मिक एबम् पर्यटकिय क्षेत्र नहोला भन्न सकिन्न त्यसैले समयमानै सबै सरोकार वाला को चाडो ध्यान पुग्न जरुरी देख्न्छि । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment