इलामेली जनसम्पर्क मञ्च, साउदी अरबले कोल्बुङ को मृगौला पिडीत श्रीमति गिता सुनुवार लाई उपचार सहयोगार्थ रु. 33,900


इलामेली जनसम्पर्क मञ्च, साउदी अरबले कोल्बुङ को मृगौला पिडीत श्रीमति गिता सुनुवार लाई उपचार सहयोगार्थ रु. 33,900 आज पिडीतको श्रीमान टिकाराम सुनुवार को नाम मा पठाएको छ।
इलाम जिल्ला, कोल्बुङ वार्ड नम्वर दुई निवासी श्री टिकाराम सुनुवार ले आफ्नो श्रीमति गिता सुनुवार को मृगौला खराब भएको कारण उपचार गर्दै जादाँ आफू संग भएको सबै सम्पत्ति सकिएर घरायसी आर्थिक अवस्था नाजुक बनेको हुदाँ थप उपचार को लागि सबैतिर सहयोग को याचना गर्ने क्रममा इलामेली जनसम्पर्क मञ्च साउदीअरब लाई पनि अपिल गरिएको थियो।
"यो मन इलामेली हो। चाहे घरदेश होस, चाहे परदेश होस, पिडामा सहकार्यता मञ्चको अभियान हो।"
निज सुनुवारको अपिल उपर इलामेली जनसम्पर्क मञ्च साउदी अरबले वृहत अनलाईन छलफल गरेर आफ्नो सदस्य हरुमाझ बाट मृगौला पिडीत श्री मति गिता कुमारी सुनुवार को शिध्र स्वास्थ्य लाभको कामना सहित मञ्चका सदस्यहरु बाट संकलित स्वेच्छिक सहयोग रकम आज मिती 2017/02/28 तारिक को दिन ईलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहाकार श्री निर्मल रायमाझीले संकलित रकम पिडीत का श्रीमान टिकाराम सुनुवार को नाम मा रु. 33,900 (अक्षरुपी तेतिस हजार नौ सय रुपैया) नेपाल पठाई सकेको छ।गिताकुमारी बचाउ अभियानमा तपशिलनुसार को ब्यक्तिहरु बाट आर्थिक सहयोग प्राप्त भएको छ।
निर्मल रायामाझी =333 इश्वर दाहाल =50 अमर ढकाल =50 राज कुमार लिम्बू =100 गणेश श्रेष्ठ =50 शक्ति राई =50 गुरु राज दुलाल=50 योगेश माले =50 गँगा राम थापा =50 भुपाल राउत=50 नेत्र बाला=50 देव श्रेस्ठ =300 भीम श्रेस्ठ =20
होम श्रेष्ठ =20

समस्त दानविर मन भएका इलामेली जनसम्पर्क मञ्च साउदीअरब लाई धन्यवाद

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment