इलाम, १ जेठ: अपाङ्गता भएकै कारण सन्दकपुर गाउँपालिका ५ का भुपाल खतिवडाले पढाईबाट वञ्चित हुनु परेको छ । कम्मरमुनिको भाग नचल्ने भुपालले सदरमकामको आदर्श उच्च माविवाट १२ कक्षा उतिर्ण गरे पनि स्नातक तहका कक्षा लिन सकेका छैनन् । छोराहरुको पढाईका लागि नै सदरमुकाम छिरेर दुःखजेलो गरेको खतिवडा परिवार भूपाललाई नियमित कक्षामा पु¥याउन नसक्दा खिन्न छन् । सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मानविकी संकायमा भर्ना गरिए पनि अहिलेसम्म उनी कक्षा लिन जान पाएका छैनन् । करिब आधाकिलोमिटर टाढा मालापथमा डेरा बस्दै आएका भुपालका बुबा भुवनले उनलाई क्याम्पसमा नै राखेर पढ्ने व्यवस्था मिलाउन पटक÷पटक आग्रह गरे पनि सुनुवाई भएको छैन् । अपाङ्ग मैत्री घरको अभावमा मालापथस्थित एउटा पुरानो घरमा खतिवडा परिवारको डेरा छ । त्यहाँबाट क्याम्पस नजिक डेरा सर्ने उपाय उनीसँग छैन । कान्छा छोरा आलोक पनि उहि प्रकृतिको अपाङ्ग भएकाले दुवै छोरालाई फरक–फरक क्याम्पस पु¥याउनु पर्ने बाध्यता भएकाले भुपालले कक्षा लिन नपाएका हुन् । ‘आलोकलाई इलाम एजुकेशन फाउण्डेशन स्कुल पु¥याउनु पर्छ,’ भुवनले भने, ‘सोही समयमा भुपालको पनि कक्षा सुरु हुने भएकाले समस्या भयो ।’
विकट गाउँमा घर भएका भुवन छोराछोरीको पठनपाठनकै लागि पुख्र्यौली थातथलो छाडेर सदरमुकाम छिरेका हुन् । दुवै छोराको पढाईप्रतिको लगाव तिब्र भएका कारण राम्रो प्रगति गर्दै आएका छन् । दिनभर घरमा नै बस्नु परेपछि विषयवस्तु उकाउनै नसकेको भुपाल बताउछन् । ‘कम्तिमा कक्षा लिन पाए घरमा महेनत गर्न जाँगर आउने थियो’ उनले भने, ‘यतिन्जेल कुनै कक्षा पनि असफलता भोग्नु परेन, यो पटक भने पास गर्न मुस्किल छ ।’ दुवै छोराको अध्ययनका लागि भुवनले राजधानीका पनि क्याम्पस नचाहरेका होइनन् । तर आश्वासन बाहेक उनले केहि पनि पाउन सकेनन् । ‘केहि क्याम्पसले आश देखाएका थिए तर केहि गरेनन् ।’ गएको प्रवेशिका परिक्षामा ‘ए’ श्रेणीमा उतिर्ण गरेका आलोकको विज्ञान पढ्ने तिब्र इच्छा भए पनि मन मार्न बाध्य भए । सदरमुकामस्थित फाउन्डेशन स्कुलमा व्यवस्थापन संकायमा अध्ययनरत आलोकलाई ह्विलचियरवाट विद्यालय पु¥याउन र ल्याउन भुवनले दैनिक घण्टौं खर्चनु पर्छ । डेराबाट केहि तलको आदर्श माविमा विज्ञान संकायमा पढाई हुने र बस्ने व्यवस्था मिलाउने आश्वासन पाए पनि भुपालको कक्षा त्यहाँ नहुने भएपछि उनी निराश बने । गएको मध्य असारमा काठमाडौंका कलेजमा ‘मेरो छोराले पढ्न पाउने की नपाउने’ भन्ने प्रश्न लिएर भौतारिएका भुवन रित्तो हात फर्किए । बजार छिचोलेर विद्यालय नजिक पु¥्याए पनि अपाङ्ग मैत्री नभएका कारण ४० वटा सिडी डडेल्नुमा बोकेर पार लगाउनु पर्छ । गणितको कक्षा लिन कोठा परिवर्तन गर्नु पर्ने भएकाले अर्को समस्या छ । ‘अहिलेसम्म साथीभाईले बोकेर कक्षामा पु¥याउदै छन् ।’
सदरमकाममै ज्योति विद्या मन्दिरबाट दुवै जनाले प्रवेशिका परिक्षा उतिर्ण गरेका हुन् । खतिवडा परिवार सामान्य सब्जी पसल गरेर जिविका चलाइरहेको छ । आर्थिक अवस्था कम्जोर रहेको यो परिवारका दुई छोराको पढाई खर्च भने सम्बन्धित क्याम्पसले नै व्यहोरेका छन् ।
0 comments:
Post a Comment