मनिषा चम्लागाईं
बिर्तामोडः मनोनयन दर्ता पछि दलहरुले घरदैलो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाएका छन् । अजुर्नधारा नगरपालिकाम वडा नम्बर ४ मा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरेको छ । वडा नम्बर ४ मा रहेको सुकुमबासी समस्या, विरिङ् खोलाले वर्षेनी निमत्याउदैँ आएको समस्या, बिजुली बत्तिको अभाव यस क्षेत्रको मुख्य समस्या रहेको मतदाताले उम्मेद्वारलाई बताए ।
घरदैलो कार्यक्रमको क्रममा कोण सभा गर्दै मेयरका उम्मेद्वार हेमराज खरेलले भने– यस क्षेत्र बाट धेरै उम्मेद्वारले जितेर गए पनि याँहाका समस्या जस्ताको त्यस्तै रहेका छन् । यस क्षेत्रमा रहेका ३ सय घर सुकुमबासीको व्यवस्थापन गरि विकास गर्न एक पटक आफुलाई अवसर दिनु पर्ने कुरा उनले बताए । उपमेयर पद कि उम्मेद्वार सरस्वती शिटैला (गोले) ले भनिन्, यस ४ नम्बर क्षेत्र राजमार्ग देखि ३ किलोमिटर भित्र परेता पनि एउटा पुलको निमार्ण हुन नसक्दा झापा जिल्लाकै कर्णली बनेको छ । उनले आफनो उम्मेद्वारी अजुर्नधारा नगरपालिकामा रहेका सम्पूर्ण स्रोत साधन उपयोग गरि यस नगरलाई कोषे ढुङ्गा साबित गर्न आवश्यक रहेको बताईन् ।
