इलाम : इलाम नगरपालिकाको साविक ३,४ र ५ मिलेर अहिले बनेको वडा नं। ९ मा आगामि असार १४ गते स्थानिय निर्वाचन हुने भएको छ । उक्त निर्वाचनमा सो वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट गोपाल चौहानले टिकट पाएपछि पछिल्लो समय इलाममा नै यो विषय चर्चाको विषय बनेको छ ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका चौहानले नेपाली कांग्रेसका नेताहरु के.बि. गुरुङ, बेनु प्रसाई, केशव थापा, हिमालय कर्माचार्य, भेषराज आचार्यसंग इलामको विभिन्न स्थानमा गएर पार्टीको निम्ति काम गरेको अनुभव उनीसंग छ । दोस्रो पुस्ताको इलामका कांग्रेसका खगेन्द्र देवान, केदार थापा डम्बर खड्का, राजेन्द्र शर्मासंग त उनको पार्टीको काम विशेषले धेरै सहकार्य भएका छन्, साथै क्षेत्रिय सभापतिहरुसंग पनि उनको हिमचिम राम्रै छ ।
गोपाल चौहान राष्ट्रिय खेलाडी पनि हुन उनी टेक्वाण्डोको पाँच चोटी राष्ट्रिय विजेता भैसकेका छन् उनले तेस्रो डान पनि लिईसकेका छन् । उनकै समकालिन साथीहरु दिपक विष्ट, संगिना बैद्यसंग राष्ट्रिय क्लोज गेममा पनि सहकार्य भएका छन् । समय र परिस्थितीले गर्दा उनले साफ गेम खेल्न सकेनन् साफ गेम खेल्न नसकेपनि हो यहि कारण उनले कांग्रेसबाट इलाम नगरपालिका वडा नं। ९ को वडाध्यक्षको टिकट पाएको हुन् ।
पछिल्लो समय उनले अध्यक्षको उमेद्वारको टिकट पाएसंगै उनकै भाई निरोज चौहान (माइला)संग उनको नाम जोड्ने गरिएको छ, । माइलाले नै उनलाई वडाध्यक्षको टिकट दिलाएको भन्ने चर्चा यतिवेला टोल टोलमा छ । हुन त, माइला एक सफल व्यवसायी पनि हुन उनको नेपाली कांग्रेस पार्टीको केन्द्रिय लेवलमा राम्रो सम्बन्ध स्थापित गरेका व्यक्ति हुन्, दाई उमेद्वार बनाउन् भाईले माइला थोरै हात होला, दाई भएको नाताले केही सोचे होलन् तर माइला इलामको राजनीतिमा भोलिका दिनमा कांग्रेसबाट राम्रो मुल्यांकन गरेको खण्डमा मियो हुनसक्ने क्षमता भएको व्यक्ति हुन् ।
अहिले दोस्रो चराणको निर्वाचनले इलामलाई पनि नछोएको होइन् इलामको टोल टोलमा उमेद्वारहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । वडाध्यक्ष चौहान स्थानिय विकास निर्माणमा अहोरात्र तल्लिन भएका व्यक्ति हुन्, उनले विकास निर्माणका सवालमा घर घरमा मोटर बाटो अवधारणा अनुरुप २ वटा (व्याकहुक लोडर) प्रयोग गरि स्थानिय विकास निर्माणमा लामोसमयदेखि तल्लिन रहँदै आएका छन् ।
समाजसेवी, विकासप्रेमीको रुपमा चिनिएका गोपाल चौहानले गाँऊ टोलमा गरेको विकास निर्माण तथा समाजसेवी कृयाकलापका साथै अति नै मिलनसार भएको कारण पनि उनको सम्भावना बलियो बन्दै गएको छ । अझ उनको आफ्नै भाई माइलापनि उनलाई जिताउन अहोरात्र कस्सिएर लागेका छन् माइलापन इलाममा राम्रै छवि बनाएका व्यक्ति हुन् ।