सुन्दा अनौठो लाग्न सक्छ तर सत्य हो, सबैले उसलाई होमे भन्थे, एउटा ख्याउटे केटो, सरक्क आउछ अनि बादबिबाद प्रतियोगितामा प्रखर रुपमा धाराप्रवाह बोल्छ । अनि जय नेपाल भनेर जान्छ, अरु त ठिक हो तर जय नेपाल भन्ने शब्दले भने केहिलाई पोलेर पुिलस चौकीसम्म पु¥याउछ । त्यसपछि मात्र थाहा हुन्छ त्यों त कांग्रेस पो रहेछ, त्यति मात्र होइन, उसको तार्किकता, बिश्लेषण र अध्ययनशीलताले मलाईपनि आकर्षित गर्छ, अहिले पनि मलाई याद छ, पञ्चायतको प्रवेशसँगै बेनुपदाई रापंसमा उठेका थिए । हामी साना तर निक्कै तीखा थियौ । बहिस्कारको नशाले छोएको थियो । इलाम बजारबाट साङरूम्बाको बाटो भएर मङ्गलबारेसम्म पुग्दा हामी (म, होम दुलाल र बालकष्ण) ले उनका सबै पोस्टरलाई तहस नहस बनाएका थियौ, त्यों बेला ठुलै धम्की आएको थियो, जे होस हामी कसैले बनाएर भएका प्रजातन्त्रबादी थिएनौ, थियौ त केवल स्वअध्ययन (लुकाई लुकाई पढिने राजनैतिक सामाग्री) बाट, केहि आशा पनि थिएन, थियो त केवल समाज फेर्ने उत्कट चाहना ! त्यही ताकाको कुरा हो, अनेरास्वबियूका राम दाई (बर्तमान एमाले अध्यक्ष इलाम) र मेरा दाई नरेन्द्र कटुवाल (निबर्तमान इलाम क्याम्पस प्रमुख) अहोरात्र बड़ो चलाखीपूर्ण तवरबाट सङ्गठन गर्न हिड्थे ! उनीहरुको सङ्गठन गर्ने तरिका चुनौतीपूर्ण पहलले भित्रभित्रै मलाई पनि हौस्याइरहेको थियो तर म कम्युनिष्ट बिचारधारासँग सहमत हुन सकिरहेको थिइन, म र दाईको सुत्ने कोठा एउटै थियो । सबै सुितसकेको बेलामा प्राय राम राना र दाई आउथे, अनि राम दाई पहिले मलाई चेक गर्नुहुन्थ्यो, ‘कान्छा निदाएक हो’ भनेर ।
त्यसपछि वहाँहरु तत्कालीन समयका रचना बिशेषत माओका रचना, लू सुनका किताब, मोदनाथ प्रश्रित, प्रदीप नेपालका किताब, हिन्दी तथा नेपाली सामाग्री हरुलाई लुकाउनुहुन्थ्यो ! जब वहाँहरु हिड्नुहुन्थ्यो, मेरो काम चाहि ति सामाग्री पढनु हुन्थ्यो ! यसरी नजानिदो रुपमा ममा राजनैतिक चेतनाले काम गर्न थालेको थियो । वहाँहरु अझसम्म पनि सायद जानकार हुनुहुन्न की म हाम्रो घरमा भूिमगत रुपमा ल्याइएको सबै सामाग्री अध्ययन गर्दथे । पछि राम दाई र नरेन्द्र दाईलाई पुिलसले पक्रेर लगेपछि सायद आमाले ती पुस्तकहरु लुकाइिदनु भएको थियो, यसरी पढ्Þने बानी भने म मङ्गलबारेमा पढ्दा देखिनै लाग्यो । त्यसपछि मेरो र होमको पढ्ने सन्दर्भमा बढ़ी मित्रता भएको थियो र कम्युिनष्टहरुको सङ्गठन कौशल देखेर हामीहरुले पनि (सायद पहिलोपल्ट हुनुपर्छ) नेबि संघभित्र भूिमगत रुपमा रगतले औठाछाप लगाएर सङ्गठन सुरु गरेका थियौ । २०४६ को आन्दोलन ताका मेरो दिदिको बिहे परेको हँुदा हाम्रो सल्लाह बमोजिम नै म बिवाहमा ब्यस्त रहे । होम भने गिरफ्तार भयो (तत्कालीन नेकाजिकासका पनि केहिलाई मात्र थाहा छ) त्यसपछि ‘होमे’ लाई निचन्ने कोही भएन ! प्रजातन्त्रको बहाली पश्चात बिभिन्न चरण र समयमा धेरै काम गरियो, होमको निरतरता पार्टीमा कायम नै रह्यो, म भने यूनिवर्सिटीको पढ़ाइतिर लागेपनि बिद्यार्थी राजनीतिले भने छोइनैराख्यो, अहिले कहि टाढा (भौगोलिक रुपमा) भए पनि सम्पर्क भईनैरहन्छ । मैले यो भनिरहदा तत्कालीन समयमा हामीसँग काम गरेका साथीहरुले पक्कापनि बिगत सम्झनुभयो होला । त्यतिमात्र होइन, तत्कालीन समयमा अखिल नेबि संघको दुश्मनीलाई (कलेज हरुमा) बैचारिक तवरले मल्लयुद्धबाट टेवलमा ल्याउने काम त्यो समयमा भएको थियो, जसका लागि हामी र त्यों बेलाका अखिलका साथीहरु (रबिनजी, गोपाल नेपाल, गणेश बराल, केशब , देबीजी) निरन्तर लागिरह्यौ र सौहार्दता पनि स्थापित भएको थियो, छिटपुट घटना बाहेक । अहिले त्यो बेलाका झण्डा उचाल्ने हातहरु समाज परिवर्तनका गहनतम जिम्मेवारिका लागि आग्रह गर्दै आएको छ, हो त्यही ‘होमे’ २० बर्षपछि एउटा समाज परिवर्तनको उत्कट चाहना राखेर बिवेकशील जनता समक्ष गएको छ, हेरौ समाजले कसरी उसको मूल्याङ्कन गर्छ तर यति त भन्नैपर्छ, सायद जनताले पुरानो तार्किक, निडर, दुरदृष्टि भएको अलि फराकिलो यही होम दलाललाई खोजेको छ । ढिलो नै भएपनि कांग्रेसले निरन्तरता र प्रतिबद्धताको सम्मान गरेको छ । आशा छ, यो सम्मानको जनताले अनुमोदन गर्नेछन् । अस्तु
शुभकामना सहित
लेखक हाल बेलायतमा वस्छन्
0 comments:
Post a Comment