सञ्चारकर्मी पनि स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा

टीका खतिवडा
इलाम, १९ जेठ : करिब २० वर्ष पछि हुुन लागेको स्थानीय तहको निर्वाचनमा सबै पेशा र ब्यवसाय अपनाएका मानिसहरुले उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । सकृय रुपमा अध्यापन गराईरहेका शिक्षक, कर्मचारी साथै सञ्चारकर्मीले समेत उम्मेद्वारी दिन थालेपछि राजनीतिमा सबैको मोह हुँदो रहेछ भन्ने तथ्य बाहिर आएको छ । कहिँ कतै राजनीतिलाई फोहोरी खेल भनेर समेत भन्ने गरिन्छ, तर पनि त्यहि राजनीति गर्न सबै पेशा र ब्यवसाय अंगालेका मानिसहरु समेत लागि परेका छन् । राजनीति गर्नु भनेको नेतृत्व तहमा पुुग्नु अनि जनताको सेवा गर्नु पनि हो । आगामी असार १४ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुुँदैछ । तीनवटा प्रदेशमा चुुनाव सकिएसँगै दोस्रो चरणमा निर्वाचन हुुने क्षेत्रमा निर्वाचन आयोगले चुुनावको तयारी समेत तिब्र रुपमा अगाडी बढाएको छ । इलाममा रहेर सकृय रुपमा सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी समेत यतिबेला जनताका घरघरमा मत माग्दै हिँडेका छन् । उनीहरु अन्य समयमा राजनीतिक दलको समाचार लेख्थे अनि जनताका कुरा सञ्चारमाध्यम मार्फत आम मानिस सामु पुु¥याउँथे । तर तिनै ब्यक्ति आफ्नो पक्षमा मत माग्न यतिबेला लागि परेका छन् । इलामको सामुदायिक रेडियो नेपालवाणी एफएममा कार्यरत संगिता थामीले माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरिरहेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रले उपाध्यक्षको उम्मेद्वार बनाएको हो । उनी सञ्चारमाध्यम सँगै कम जनसङ्ख्या रहेको थामी समुुदायको समेत प्रतिनिधित्व गर्दै उम्मेद्वार बनेकी छन् । करिब एक हजार जनसंख्या रहेको थामी समुदायबाट माई जोगमाई गाउँपालिकाका लागि माओवादी केन्द्रबाट उपप्रमुखको टिकट हात पारेकी २५ वर्षीया युवती संगीता थामी अहिले जनताको मत माग्न घरदैलोमा व्यस्त छन् । रेडियो पत्रकारितामा दुई वर्षको अनुभव बटुुलेकी थामी राजनीतिमा उपप्रमुखको प्रतिस्पर्धामा होमिएकी छन् ।

राजनीतिमा आकर्षण भए पनि दलको झण्डा नै बोकेर कर्यकर्ताका रूपमा कहिल्यै नदेखिएकी उनी आदिवासी समुदायको हितका लागि सडकमा उठाएका एजेन्डा आफुु उठेको दलसँग मिलेकाले उम्मेद्वार बन्न स्वीकार गरेको उनको भनाई छ । जिम्मेवारी सँगै अवसर समेत आफुुमा आएको भन्दै सहज रुपमा पुुरा गर्ने उनले बताइन् । मानविकी संकायबाट एमएम पढ्दै गरेकी थामी एकाएक राजनीतिमा उत्रिएसँगै उनको चर्चा समेत चुलिएको छ । धेरै काम गर्ने जोस आफुुमा रहेको बताउने थामीले फोस्रा कुरा गर्ने तर काम नगर्ने धेरैलाई पछि पार्न समेत आफ्नो उम्मेद्वारी रहेको बताइन् ।
नेपाल थामी समाजकी जिल्ला उपाध्यक्षसमेत रहेकी थामीले अनुशासन र लगनशिलताकै कारण आफ्नो हातमा जीत हातपर्ने दाबी गरिन् । थामी समुदायको आफ्नै भाषा, संस्कृति एवं पहिचान छ । पछिल्लो समय उक्त समुदायको पहिचान मेटाउने प्रयास भएको भन्दै तिनीहरुलाई जगेर्ना गर्न समेत आफुु लागि पर्ने उनको भनाई छ । अति सीमान्तकृत समुदायबाट अल्पसंख्यकको पहिचानमा सारेपछि सरकारले पनि अन्याय गरेको उनले बताइन् । इलामको माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा थामी समुदायको बसोवास छ ।
त्यस्तै जिल्लाको रोङ गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरिरहेका नवराज कट्टेल समेत पत्रकार नै हुुन् । विगत १२ वर्षदेखि विराटनगरमा बसेर पत्रकारिता गर्दै आएका उनलाई नेकपा माओवादी केन्द्रले उम्मेद्वार बनाएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखामा दुुई कार्यकाल सचिव समेत भइसकेको उनले बताए । जनताकै सेवा गर्न राजनीतिमा लागेको उनी बताउँछन् । इलाम नगरपालिका पाँच नं. वडा अध्यक्षका उम्मेद्वार ठाकुुर श्रेष्ठ समेत पत्रकार नै हुुन् । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उठेका उनी नेपाल पत्रकार महासंघ इलामको साधारण सदस्य र इलाम पोष्टमा आवद्ध थिए । जिल्लाकै एक निजी विद्यालयमा शिक्षककै रुपमा अध्यापन गराउँदै आएका श्रेष्ठ पछिल्लो समयमा मानव अधिकार मञ्चमा समेत कार्यरत थिए । बरबोटेका स्थानीय युुवाहरुले आग्रह गरेपछि सो पदमा आफुु उठ्ने निश्चित भएको उनको भनाई छ । पहिला आफुु रहेर नेतृत्व गरेका हरेक ठाउँहरुमा काम सफल भएको र यस पटक समेत उसै गरि नेतृत्व गर्न आफ्नो उम्मेद्वारी रहेको उनी बताउँछन् । युुवाहरुको चाहना सम्बोधन गर्न अनि उनीहरुसँग नै सहकार्य गर्न पाँच नम्बरबाट उठेको श्रेष्ठले बताए ।
उता रेडियो फिक्कलमा कार्यरत तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य जय राईले समेत सुुर्योदय नगरपालिका वडा नम्वर नौ का वडा सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । उनी टोलको विकास गर्न र युुवाहरुलाई सकृय राख्न समेत आफ्नो उम्मेद्वारी रहेको बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment