समूहका सदस्यलाई सामाग्री हस्तान्तरण

इलाम, २३ जेठ : इलाम नगरपालिका ८ मा रहेको गरिमा कृषक समूहले सदस्यहरुलाई सोमबार कृषि औजार वितरण गरेको छ । ब्यवसायिक कृषि अनुदान परियोजनाको सहयोगमा समूहका सदस्यकरुको २५ प्रतिशत लागत सहभागितामा जनही पाँच सय लिटरको पानी जम्मा गर्ने ट्याङ्की, सिंचाईकालागि स्प्रीङ्कल, तरकारी जम्मा गर्ने क्यारेट र स्प्रे वितरण गरिएको समूहका अध्यक्ष रमेश भट्टराईले जानकारी दिए ।  
समूहलाई परियोजनाले पाँचलाख सहयोग गरेको थियो । समूहमा आवद्ध तेत्तिस जना कृषकलाई सामाग्री हस्तान्तरण गरिएको थियो । समूहको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईले सो सामाग्री हस्तान्तरण गरेका थिए । २०६८ सालमा स्थापना भएको सो समूहले गत वर्ष सिंचाइका लागि पाइप र बिउविजन समेत वितरण गर्दै आएको छ । कार्यक्रममा समूहमा आवद्ध किसान र स्थानीको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता