इतिहास र भविष्य बोकेको पार्टीलाई मतदान गर्न आग्रह (इलाममा वृहत आमसभाको फोटो फिचर)

इलाम, १० असार: नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद कुलबहादुर गुुरुङले हरेक परिवर्तनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनपछि पहिलो स्थानमा आउने दाबी गरेका छन् । इलाम नगरपालिका चुनाव प्रसारप्रचार समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले जनतालाई नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्मको यात्रा गराइसकेको स्मरण गराउँदै भविष्य बोकेको पार्टी समेत कांग्रेस नै भएको चर्चा गरेका छन् । इतिहास बोकेको पाटी भएकाले पनि देश चलाउने कुरामा कांग्रेससँग अनुभव रहेको बताउँदै उनले नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गरि उम्मेद्धारहरुलाई विजय गराउन आग्रह गरेका छन् । कांग्रेसलाई मत दिएर विजय गराउन सके नेपाली जनताको भविष्य उज्वल हुने भन्दै उनले इलाम नगरपालिका, जिल्लाका अन्य नगर तथा गाउँपालिका र मतदान हुन बाँकी रहेका अन्य स्थानमा नेपाली कांग्रेसले जिते मात्र विकास र समृद्धि हासिल हुने उनको धारणा छ । कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले अन्य पार्टीले भ्रम सिर्जना गर्दै मतदाताहरुलाई झुक्याइरहेको बताउँदै सचेत हुन सम्पुर्णलाई आग्रह गरेका थिए । हरेक गाउँपालिका तथा नगरपालिकामा कांग्रेसले नेतृत्व गर्ने अवसर पायो भने मात्र देश समृद्ध हुने उनको भनाई थियो । 

कार्यक्रममा केन्दिय सदस्य तथा सांसद सुजता परियार, नगेन्द्र कुमाल, निर्वाचन परिचालन समितिबाट इलामका लागि खटिएका राम घिमिरे, तरुण दलका केन्द्रिय अध्यक्ष दिपजङ्ग बस्नेत, महामन्त्री सरोज थापा लगायतका केन्द्रय स्तरका नेताहरुले मन्तब्य राख्दै अन्य दलभन्दा नेपाली कांग्रेस आफैँमा सफल पार्टी रहेकाले अब हुने स्थानिय निकायको चुनावमा नेपाली कांग्रेसको विकल्प नरहेको बताएका थिए । इलाम नगरपालिकाका मेयर पदका उम्मेद्धार हिमालय कर्मचार्यले इलाम नगरपालिकामा यस अघिको निर्वाचनका अन्य दलले जितेका कारण नगरपालिका कार्यकर्ता भर्ती केन्द्र बनेको, विकास हुुनको साटो कर्मचारीलाई खुवाउने तलब नै सापटी लिनुपर्ने अवस्था भएको भन्दै यि समस्या समाधानमा नेपाली कांग्रेसको खाँचो रहेको बताएका थिए । उनले नेपाली कांग्रेसको चुनावी चिन्ह रुखमा मतदान गरि आफु लगायत सबै वडामा नेपाली कांग्रेसले उठाएका उम्मेद्धारलाई विजय गराउन समेत आग्रह गरे । उपमेयर पदकी उम्मेद्धार चन्दा कार्कीले नेपाली कांग्रेसको पक्षमा इलाम नगरपालिकाका मतदाताले मतदान गर्ने माहोल खडा भइसकेकोले जित सुनिष्चित रहेको बताइन् ।  
कार्यक्रममा इलाम नगरपालिकाका १२ वटै वडाबाट आएका हजारौँ कार्यकर्तासहितको ¥यालीले इलाम बजार परिक्रमा गरेका थिए । विभिन्न जातजातीको झाँकी, पञ्चेबाजा सहित ठुलो टुँडिखेलबाट शुरु ¥याली  इलामको धोबिधारा, मालापथ परिक्रमा गर्दै चौक बजारमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरि आएका कार्यकर्तालाई नेपाली कांग्रेसको झण्डा र सदस्यता समेत वितरण गरिएको थियो ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता