दाह्री ग्याङ इलामको पहिलो औपचारिक मिट सम्पन्न, संयोजकमा नोर्बुकाजी

इलाम, १० असार: दाह्री ग्याङ इलामको पहिलो औपचारिक मिट इलामको चियाबारीमा सम्पन्न भएको छ । दाह्री ग्याङका अफिसियल एडमिन अभिषेक राज सिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलामका सामाजिक अगुवा धर्म गौतमलाई सम्मान गरिएको थियो । काठमाडौंबाट इलाम आइपुगेका अभिषेक राज सिंह थापाले धर्म गौतमलाई सम्मानार्थ टोपी ओढाइदिएका थिए । कार्यक्रममा थापाले दाह्री ग्याङको लक्ष, ध्येय र उद्देश्यका विषयमा चर्चा गरेका थिए । उनले दाह्री ग्याङको सदस्यता लिएका जो कोहीले पनि सामाजिक देखि बाहेकका उद्देश्यमा ग्याङको ब्राण्ड प्रयोग गर्न नहुने लगायतका ग्याङका आचारसंहिताका विषयमा सहजिकरण समेत गरे ।
भेलाले नोर्बुकाजी लामाको संयोजकत्वमा दाह्री ग्याङ इलामको लागि स्टेयरिङ समिति गठन भएको छ । समितिको सह संयोजकमा खेमराज भट्टराई र सचिवमा प्रदिप बोहोरा रहेका छन् । इलामका विभिन्न क्लष्टरहरुको संयोजन गर्ने जिम्मा टिका खतिवडालाई दिइएको छ भने आर्थिक व्यवस्थापनको जिम्मा सुमन काफ्लेलाई दिइएको छ । भेलाले धर्म गौतम र सुदिप श्रेष्ठलाई सल्लाहकारको रुपमा चयन गरेको छ । कार्यक्रममा इलाम जिल्लाभरका तथा झापा, मोरङ र सुनसरीका ६० जना दाह्री लभरहरुको उपस्थिति रहेको थियो । 
फेसबुक ग्रुप मार्फत सामाजिक अभियानमा आफ्नो छुट्टै पहिचान बनाएका दाह्री ग्याङ देशै भर तथा विदेशमा समेत फैलिएको छ । कार्यक्रममा उपस्थितबाट सामाजिक कार्यको लागि लगभग १३ हजार रकम सङ्कलन भएको थियो । मिट सम्पन्न भएपछि इलाममा रहेको राहसल बाल अनाथालयमा आश्रित बालबालिकालाई दाह्री ग्याङले स्टेसनरी सामाग्री प्रदान गरेको थियो । आगामी दिनमा इलाम र आसपास सामाजिक कार्य गर्ने ग्याङको उद्देश्य रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता