नेपाल भारत विचको खेलः कहाँ चुक्यो नेपाल ?

नमीन ढकाल

एएफसी एसियन कप छनौटको तयारीमा रहेको नेपाल र भारतविच जेठ २३ गते मैत्रीपुर्ण खेल आयोजना भयो । बलियो भारत पुन: एक पटक नेपालमाथी हावी वन्दै इतिहास आफनो पक्षमा पार्न सफल रहयो । भारतले १२ औ एसियाली खेलको फाइनलमा २–१ को पराजयको बदला लिदै २–० ले नतिजा आफनो पक्षमा पा¥यो । नेपाली रक्षापंक्तीको फाइदा उठाएर भारतीय टोलीले उत्कृष्ट मुभहरु बनाउदै नेपालभन्दा बलियो रहेको प्रमाण दियो । बरियता क्रमलाई नियाल्दा पनि भारत ६९ स्थानमाथीको टोली हो । भारतलाई दबावमा राख्ने प्रशिक्षक ग्यातुकी कोजीको रणनिती फेल खायो । नेपालका खेलाडीहरु विच तालमेल नमिल्दा नियमित कप्तान सुनिल क्षेत्री बिना मैदान उत्रिएको भारतले लयमा रहेको प्रमाण दियो । म्याच फिक्सिङ प्रकरणपछि लयमा रहेको छनक दिएको नेपाल आखिरीमा चुक्यो कहाँ ?
नेपालको रक्षापंक्तीमा खेल्ने खेलाडीहरुविच तालमेल मिलेको देखिएन । डिफेन्सहरु बल क्लियर गर्नभन्दा होल्ड गर्नमा नै बढी समय खर्चिरहेका थिए जसको फाइदा भारतले लिएर नेपालको पोष्ट आक्रमण गर्दै दबावमा राख्यो । भरपर्दा डिफेन्स मानिएका आदित्य चौधरी र कप्तान विराज महर्जनले बल क्लियर गर्ने अवसरहरुलाई सदुपयोग गर्न सकेन्न । डिफेन्सिङमा कमल श्रेष्ठको प्रर्दशन पनि अपेक्षिकृत रहेन । हेमन गुरुङले मिडफिल्डर लाइनमा बसेर बललाई सहि सदुपयोग गर्न सकेन्न । उनी बरियताक्रममा निकै माथी रहेको टोली विरुद्धको खेलभन्दा पनि स्थानिय स्तरमा खेलिएका खेलहरु जस्तो प्रर्दशन गरिरहेका थिए । प्रशिक्षक कोजीको निर्देशनभन्दा बढी खेलाडीहरु आफनै लयमा खेल प्रर्दशन गरिरहेका थिए । तुलनात्मक रुपमा नेपाली खेलाडीहरु भारतका खेलाडीहरु भन्दा निकै होचा छन तर मंगलबारको खेललाई नियाल्दा अधिकाँश पासहरु एयर बलमा निकालिएको थियो जसको फाइदा लिर्दै भारतले नतिजा आफनो पक्षमा पार्न सफल भयो । सन्देश झिँगनको गोलबाट १–० ले पछि परेको अवस्थामा कप्तान विराज महर्जन रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित भएको फाइदा उठाएर भारतले अर्को १ गोल थप्यो उस्का जेजेले ७८ औ मिनेटमा अग्रतालाई २–० बनाए । थाइल्यान्डको क्लब पेरिस जर्कातामा अनुभव बटुलेका रोहित चन्द केही कन्फिडेन्स देखिए । नवयुग श्रेष्ठले स्टाइकर लाइनमा केही प्रभावशाली प्रर्दशन देखाइरहेपनि गोललाई पोष्टको दिशा दिन भने सकेन्न । बिमल घर्ति मगरले पनि पाएका अवसरहरुलाई क्रस पास दिन सकेन्न । छरिता मानिएको अन्जन बिष्टले पनि एक्लै गोल गर्न खोज्ने प्रयत्न गरेको देखियो । भारतका डिफेन्सहरुको गल्तीको फाइदा उठाउदै नवयुगले पहिलो हाफको अन्त्यमा गोल गर्ने प्रयास गरेका थिए तर पोष्टको केही नजिकबाट बाहिरियो । नेपालका स्टाइकरहरुले भारतका डिफेन्सलाई दबावमा राख्न सकेन्न । जसका कारण भारतका किपर सुव्रोतो पाल कन्फिडेन्सका साथ बल नियन्त्रणमा लिइरहेका थिए ।  भारतका किपर सुव्रोतो पाल एयर बलका लागी माहिर मानिन्छन् उनलाई एयर बलबाट गोल लगाउन त्यती सजिलो थिएन जुन कुरो नेपाली खेलाडीहरुलाई अनुभव भएपनि प्राय प्रहारहरु एयर बल नै थियो । जसलाई सुव्रोतोले सहजै बिफल तुल्याइरहेका थिए । अन्जान विष्टले केही उत्कृष्ट मुभ बनाउने प्रयास भएपछि मिडफिल्डर र अन्य स्टाइकरसँग तालमेल हुन सकेको थिएन । माल्दिभ्सको टिसी स्र्पोटस क्लवबाट खेल्न थालेपछि गोलकिपर किरण चेम्जोङको प्रर्दशनमा निकै सुधार भएको देखिन्छ । डिफेन्सहरुको आधा दर्जन गल्तीबाट बनेको मुभलाई उनले  निस्तेज बनाउन सफल भए । नेपालले खेल अवधीभर जम्मा कर्नरको एउटा मात्र अवसर पायो । नेपालले पाएका अधिकाँश फ्रिकिकहरु भारतीय पोष्टभन्दा निकै माथीबाट बाहिरियो । नेपालको पराजयले आगामी जुन १३ मा बरियतामा ४५ औ स्थान माथीको यमनसँग हुने खेललाई असर  पार्ने देखिन्छ । यमनी खेलाडीहरु नेपालभन्दा शारीरिक रुपमा बलिया छन । फिलिपिन्ससँग ४–१ ले पराजित नेपाललाई अघिल्लो चरणमा पुग्नका लागी यमन विरुद्धको खेल जित्नै पर्ने मानसिक दबाव पनि छ । यमनले यसअघि ताजिकिस्तनामाथी २–१ को जित निकाल्दै लिगको दोश्रो स्थानमा छ । नेपाल गोल अन्तरको आधारमा ताजकिस्तानभन्दा पछाडी अन्तिम स्थानमा मौजुद छ । यमनसँग पराजित बनेमा नेपालको छनौट यात्रामा कठिन हुने देखिन्छ । यसअघि पनि सन २०१४ मा कतारमा नेपालसँग मैत्रीपुर्ण खेल खेल्दै यमनले २–० ले नतिजा आफनो पक्षमा पारेको थियो ।  घरेलु मैदान शसस्त्र प्रहरीको हलचोकमा खेल हुने भएकाले नेपाललाई होम ग्राउन्डको फाइदा हुने देखिन्छ । स्मरण रहोस सन २०१४ को विश्वकप छनौट खेलमा जोडनसँग उस्को मैदानमा ९–० ले पराजित बनेको नेपालले आफनो गृह मैदान दशरथ रंगशालामा भरत खवासको गोलबाट खेल १–१ को बरावरीमा रोकेको  थियो । पुनः यो नतिजा नदोहोरिएला भन्ने अवस्था छैन । तर सरकारी उदासिन्ताको स्पष्ट छाया नेपाली फुटबलमा देखिदैछ । थापाराजले खस्किएको नेपाली फुटबलले केही समय लय लिएपनि पुनः पुरानो अवस्थामा फर्कने छाटकाट छ बेलैमा सजग बन्नुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment