मेरो नजरमा नरेश.....

कमल न्यौपाने
सानो स्वर, सानै शारीरिक बनावट अनि मलिम बानी ब्यवहार । न कसै सँग रिसाएको थाहा छ न त कतै कसैलाई हप्काएकै थाहा छ । न कुुनै मुुद्दा मामिलामा प्रहरी यातना भोगेकै थाहा छ । ती ब्यक्ति हुुन् नरेश श्रेष्ठ । सानै उमेरबाट राजनीतिको हावाले छोएका उनी अधिकांश समय जनताको सेवा भन्दै राजनीतिमा नै बिताउँछन् । परिवार भन्दा बढि समय राजनीतिमा नै बिताउने उनी गाउँगाउँबाट आएका जनताका गुुनासाहरु समाधानमा पहल गर्दै सम्बन्धित निकाय समक्ष पुुगेर समेत सहयोग गर्छन् । 
विक्रम संवतद २०३२ साल पुुष ६ गते जन्मिएका उनी १४ वर्षकै उमेरबाट नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका हुुन् । २०४६ सालबाट राजनीतिमा प्रवेशसँगै २०६२ पुुष ५ गते सम्पन्न पार्टीको ११ औँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुुन् । त्यसको एक वर्ष नवित्दै अर्थात २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बने । बिचमा ट्रेड युुनियनको जिल्ला कोषाध्यक्ष समेत भएका उनी विस्तारै राजनीतिक उचाईमा प्रवेश गर्दै गए ।  २०६७ सालमा तरुण दल इलामको उपाध्यक्ष बनेका नरेश २०७१ साल कात्तिक २२ मा नेपाल तरुण दल इलामको अध्यक्ष पदमा निर्वाचित भए । त्यसपछि त उनी प्रायः समय गाउँगाउँमा हुुने कार्यक्रममा नै ब्यस्त भए । इलाम तरुणका अगुुवा उनी युुवा पुुस्तालाई अवसरको खाँचो भएको बताउने गरेका छन् । अवसर भए युुवाहरुले देशका लागि केहि न केहि गर्न सक्छन् भन्ने मान्यता राख्ने उनी देशका खम्वा भनेकै तरुणलाई लिन्छन् । 
नेपाली कांग्रेस इलामका पूर्व महासमिति सदस्य तथा पूर्व जिल्ला उपसभापति नारायण श्रेष्ठ नरेशका बुुबा हुुन् । नारायणले २०३३ सालमा ६ महिना जेल जीवन बिताएका थिए । बुुबाले जेल जीवन बिताएर भए पनि कांग्रेसको आन्दोलनमा साथ दिएको उदाहारण दिँदै नरेश समेत राजनीतिमा प्रवेश गर्ने हौसला सोहि घटनाले थपेको बताउँछन् ।  अंग्रेजी विषयमा बिए सम्मको अध्यन गरेका नरेशले बिचमा इलामकै एक विद्यालयमा अध्यापन गराए । उनले २०५४ सालबाट ६० सालसम्म इलाम सदरमुकामकै ज्योतिसदन बोर्डिङमा कक्षा १० सम्म अंग्रेजी विषय पढाए । तत्कालिन समयमा उक्त विद्यालय समेत उनको आफ्नै थियो । 
द्वन्दका समयमा समेत कांंग्रेसकै भातृ संगठन विस्तार गर्न खटेका उनलाई कहिलेकाही ठुुलै धम्की समेत आउने गरेको थियो । हाल उनी नेपाली कांग्रेसको इलाम नगरपालिका ७ बाट वडा अध्यक्षका उम्मेद्धार बनेका छन् । नेपाली कांग्रेसको मुुटु मानिएको यस वडामा राम्रै गरी उनले विजय हासिल गर्ने उनका शुुभेच्क्षुुकहरु बताउँछन् । उनको जीतले युुवा पुुस्तामा राम्रै सन्देश जान्छ ।
यो लेखकको व्याक्तिगत धारणा हो यसमा माइपोखरी न्यूजले कुनै सम्पादन गरेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता