- बिनय तिम्सीना

इलामः भारतले विनाकारण नेपाली अदुवाको आयत रोके पछि नेपाली किषानहरु मारमा परेका छन् । इलामका दश वटै गाँउपालिका र नगरपालिकामा खेती गरिने अदुवाको निकासी नहुँदा किसान मार्कामा परेका हुन । इलामको नगदेवालीमा मुख्य उत्पादन हुने अदुवाको यो सिजन माउ निकाल्ने समय हो । कृषकहरु धमाधम माउ निकल्नमा लागेका छन् तर बिक्री नभए पछि कति किसानहरुले निकाल्न सकेका छैनन् त कतिले निकालेर राखेकाछन् । समयमा बिक्री गरेन भने कुहेर नस्टहुने भएकाले कृषकहरु चिन्तित रहेको जीतपूरका कृषक मानवहादुर बाँनिय बताउनु हुन्छ ।
यस्तै चिन्ता इलाम नगरपालिका ५ बरबोटेकी दिलमायाँ गुरुङलाई पनि छ, अदुवाको माउ निकालेर चामल साटेर खानु पर्नेमा अहिले अदुवा बारीमै कुहिने अवस्था आए पछि अव के गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ । उहाँ भन्नु हुन्छ अव यसको सामाधान सरकारले गर्नु पर्छ ।
निकासी नभए पछि व्यपारीहरु पनि अव अदुवा संकलन गर्ने कि नगर्ने अन्योल भएको बताउँछन् । कृषकहरुले अदुवा दिएर चामल लाने भएकाले व्यपारनै धरापमा परेको इलामका व्यपारी होम नाथ आचार्यको भनाई छ । कृषकको बारीमा अदुवा कुहेको छ हामी गाउँमा जाँदा पनि जसरी भए पनि अदुवा लगिदिनु भन्छन् । उनी भन्छन् राज्यबाट नाकामा कुटनैनिक पहल हुने हो भने अवस्य पनि समस्या सामधान हुने छ ।
यो समस्या वषौँ देखि अदुवा कृषकले खेप्तै अएको हो गत सालमा पनि भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाउँदै एक सातादेखि निर्यातमा रोक लगाएको छ । करिब १५ वर्षअघि आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै निर्यात रोकिएको थियो ।
अहिले आएर भारतले नेपालबाट आयत गर्ने खाध्य वस्तुमा सिएफएल प्रणालीको लागु गरेपछि नेपाली नेपालबाट भारत जाने खाध्य वस्तु झन मारमा परेको छ । नेपाली खाध्य वस्तु एकपटक सिएफएल (सेन्टर फुड लेब्रेटोरी) प्रमाणित गर्न ६८ हजार भारतीय रुपयाँ लाग्ने र मासिक नविकरणको लागि १८ हजार भारतीय रुपयाँ लग्ने गरेको छ । यसरी सिएफएल प्रमाणीत गरे पछि पनि खाध्य वस्तु एउटा वायरलाई मात्र बेच्चन पाईने र अर्को वायरलाई बिक्री गर्नको लागि फेरी अर्को सिएफएल प्रमाणीत गर्नु पर्ने झमेलाले गर्दा नेपाली खध्य वस्तुको भारतीय बजारमा समस्या अएको हो । नेपाल सरकारको खाद्य विभागले गरेको प्रमाणितलाई भारत सरकारले मान्यता नदिंदा नेपाली खध्य वस्तु भारत बिक्रीमा समस्या आएको हो । सरकारले निर्यतमा चाँडो भन्दा चाँडो कुटनैतिक पहल नगरे अदुवा कृषकले ठूलो घाटा वेहोर्नु पर्ने छ । अवको सामाधान भने सरकारले अव नेपालमै चाँडो भन्दा चाँडो उद्योग सञ्चालन गर्नु पने चुनौती अएको छ ।

निर्यात रोकिएपपछि पछिल्लो एक सातामा निर्यात गर्न तयार पारिएको सात हजार दुई सय मेट्रिक टन (झन्डै ७२ लाख किलो) अदुवा मुलुकका विभिन्न स्थानमा अलपत्र परेको छ ।
नेपाल सरकारले २०५७ मा तोकेको अदुवाको मापदण्ड अनुसार बोक्रा फालेको वा नफालेको सुकेको विभिन्न आकारको अदुवाको गानो , चिस्यान १२ प्रतिशत भन्दा कम भएको , बाह्रय पदार्थ २ प्रतिशत भन्दा कम भएको , सुगन्धित तेल १ प्रतिशत भन्दा बढी भएको , क्याल्सयिम अक्साईड ४ प्रतिशत भन्दा कम भएको र कुनै रंगको प्रयोग नभएको अदुवा निर्यातका योग्य हुन्छ । तर नेपालमा माटो सहितको अदुवा भारत पुग्ने गरेको छ ।
अदुवाको प्रयोग मुस्लीम समुदायमा बढि हुने गरेको छ । यसको बोट धार्मिक कार्यमा प्रयोग हुन्छ । अदुवाबाट प्राप्त हुने तेल सुगन्धका लागी पेय पदार्थ, पाउरोटी, विस्कुट आदिमा मिलाइन्छ । औषधि निर्माणमा पनि प्रयोग गरिन्छ । अदुवाबाट प्राप्त हुने ओलियोरेजिन मसलाको रुपमा मासु प्रशोधन गर्ने कारखानामा अधिकतम प्रयोग गरेको पाइन्छ ।
नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ । इलाम सबैभन्दा बढी अदुवा उत्पादन गर्ने जिल्ला हो ।
इलाम पाँचथरवाट अधिकाश अदुवा झापाको धुलावारी हुदै भारत निकासी हुने गरेको छ । अदुवा विक्री नहुँदा इलामका १२ हजार ९३२ परिवार किसान प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय इलामका सुचना अधिकारी प्रकाशमणी काफ्लेको भनाइरहेको छ ।