मंगोल नेशनल अर्गनाइजेसन प्रवास कतार सभाको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम

  • तिलविक्रम थेवे

दोहा कतार : नेपालको चर्चित पुस्तक “नेपालको राजनितिमा अदेखा सचाई” का लेखक एवं मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) का फाउण्डर पे्रसिडेन्ट स्व. डा. गोपाल गुरुङद्धारा प्रतिपादित  मुलबासीहरुको पक्षमा शशक्त आवाज बुलन्द गरिरहेको मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) को वैचारिक संगठन प्रवास कतार सभाले गतहप्ता परिचयात्मक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ ।
एमएनओ प्रवास सभा कतारका अध्यक्ष संजय आङदेम्बेले जानकारी दिएअनुसार एमएनओ कतारका पदाधिकारीहरु उपाध्यक्ष ज्ञानेन्द्र एक्तेन लिम्बु, सचिव पासाङ नोर्वु लामा, सहसचिव एलिना लिम्बु, प्रचार सचिव राज कुमार राई, कोषाध्यक्ष आकाश नेम्बाङ, वरिष्ठ सल्लाहकार अर्जुन स्याङबो लामा, वरिष्ठ सदस्य सोम मावोहाङ लगायत संगठन समर्थक, शुभचिन्तक तथा मुलबासीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता संजय आङदेम्वे र संचालन सहकोषाध्यक्ष रन्जित गुरुङले गरेका थिए ।
आरम्भदेखि विश्व भुगोलमा अत्यधिक थातथलो, पहिचान र छुटटै समुदाय मुलबासीहरु आर्थिक, सामाजिक, शैक्षिक हिसावले सक्षम भएरपनि उनीहरु राजनितिक हकअधिकार र अवसरबाट सधैभरी विभेद मै रहेकोले अव यो विभेदको अन्त्यका लागि सचेत र जागरुक मुलबासी भएर आन्दोलित हुनुपर्ने बेला आएको बताउदै परिचयात्मक तथा प्रशिक्षण कार्यक्रमका वक्ताहरु संगठनका अध्यक्ष संजय आङदेम्बे, वरिष्ठ सल्लाहकार अर्जुन स्याङबो लामा, सल्लाहकार धन राई लगायतले अब चुपलागेर सहेर बस्ने दिन छैन बरु आफनो हक अधिकारको प्रत्याभुतिको लागि मुलबासीहरु एक भएर लागि पर्न आव्हान गरे ।
 नेपाल मुलबासीको मुख्य थातथलो भएको हुनाले मुलबासीलाई फराकिलो दृष्टिकोणमा हेर्न र उनीहरुको सभ्यता, विकास र समृद्धिमा बाधक नबन्न पनि आग्रह गर्दै देशजनता, समाज र समुदायको विकासमा सवैले सवैको सम्मान गर्नुपर्ने बताए ।
विश्वमा नेग्रो कालाजाति, एसियन मुलबासी मंगोलियन र आर्यजाति गरी तीन वर्णमा मानवहरुको थातथलो र सृष्टि विकास भएको मान्यता राख्ने एमएनओले मुलबासीहरुको हक अधिकार प्रत्याभुति गर्नको लागि नेपालमा आन्दोलनरत रहेको छ । एमएनओले अझ वृहत कार्यक्रमहरु आयोजना गरेर सवै मुलबासीहरुलाई कतार प्रवासमा पनि समेटदै संगठनलाई वृहत बनाउदै लैजाने लक्ष्य राखेको उपाध्यक्ष ज्ञानेन्द्र एक्तेनले जानकारी दिए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता