इलाम २५ असार: जिल्ला बाल सञ्जाल इलामको दोस्रो जिल्ला अधिवेशन इलाम सदरमुकाममा आइतबार सम्पन्न भएको छ । अधिवेशनले सञ्जोक घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा यसोदा पोर्तेल, सचिव रामकृष्ण परियार, सहसचिव सुजता राई र कोषाध्यक्ष ओमन फागो चयन भएका छन् ।
समितिको सदस्यहरुमा राजेन्द्र बेघा, दिब्या गुरुङ, पुुजा भट्टराई, किष्मत कार्की, सुजता तामाङ लगायत रहेका छन् । निवर्तमान अध्यक्ष प्रवेश रिजालको अध्यक्षता तथा इलामका स्थानिय विकास अधिकारी ध्रुवराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति इलामका राम योङ्हाङ, दिनेश पौडेल, मानव अधिकार सञ्जालकी यसोदा सुब्बा लगायतको उपस्थिति रहेको थियो ।