
इलामको मंगलबारे हालको देउमाई नगरपालिका वडा नं.४ मा जन्मेका विमल गौतम अहिले नेपालका नवोदित गायक हुन । उनीले हाल सम्म धेरै वटा सुमधुर गीत प्रस्ततु गरिसकेका छन् । पछिल्लो समय आफ्नै शव्द र संगितमा रहेका केही नयाँ गीतको तयारीमा जुटेका गौतमको वाल्यकाल देखि अहिले सम्मको सांगितिक यात्राको बारेमा हाम्रा संवदादताले गरेको कुराकानी प्रस्तुत छ ।
विमल जी तपाईको वाल्यकाल कस्तो रहयो ?
बाल्यकाल एकदमै रमाईलो भयो । पारिवारको कान्छो सदस्य भएकोले पनि बुवा आमा, दाजु दिदी सबैले धेरै माया गर्नु हुन्थ्यो । अनि स्कुलमा शिक्षकहरु र साथीहरु माझ पनि गाउने नाच्ने बच्चा भएकोले सबैको प्यारो थिएँ । समग्रमा भन्दा साथीहरुसँगको धेरै मस्ती अनि अलि अलि पढाईमा वित्यो बाला पन ।
नेपालको पूर्वी सुन्दर जिल्लाकै वातावरणले पनि संगितमा रम्न मद्दत गरे को हो कि ?
सत्य नै हो । बुवा देवी प्रसाद गौतमले घरमै हारमोनियम बजाएर गाउने पुर्वेली लोक गीतले मलाई संगीत तर्फ तानेको हुनुपर्छ । साथै पुर्वका रोपाँई जात्रा पर्व, धान नाच, पालम नाच, चन्डी नाच, मारुनी लगायतका साँस्कृति हेर्दै हुर्किएँ । फेरि इलामको साँगितिक वातावरणमा गुरुहरु कोमल निरौला, राम दियाली लगायतका अन्य अग्रज हरुको संगत गर्न पाएँ । साथीभाई माझ पनि हाम्रो छुट्टै साँगितिक माहौल थियो । अदृश्य रुपमा यहाँको प्राकृतिक सुन्दरता, हरियाली र चिसो हावापानीले पनि संगितमा झुम्नलाई सहयोग गरेको हुनुपर्छ ।
पारिवारिक वातावरणले संगितमा लाग्नलाई कत्तिको सहयोग गरेको छ ?
मैले अघि पनि थोरै जोडें । मेरो बुवा आफै एउटा लोक गायक हुनुहुन्छ । दिदी कोपिला गौतम पनि लोक दोहोरी गायिका हुनुहुन्छ । एक किसिमले मेरो वाल्यकाल संगितमय रहयो । फेरि हाम्रो घरमा बुवा छोरा छोरी दाजुभाई सबै जना साथी जस्तै थियौं । अहिले पनि त्यस्तै छ । बुवाले हारमोनियम बजाएर गीत गाँउदा नै छेउमा बसेर मादल बजाउन सिकेछु । हामी घन्टौं सम्म बाबु छोरा छोरी सँगै गीत गाउँथ्यौं । बुवा शिक्षा क्षेत्र साथै रेडक्रस मा पनि आवद्ध रहनु भएको हुनाले घरमा जिल्ला तथा केन्द्रका पाहुनाहरु आउँदा पनि सांगितिक प्रस्तुलीले आथित्यता प्रदान गर्ने चलन थियो । यस्तै रुपमा अघि बढ्दै जाँदा संगित हाम्रो परिवारकै जीवनको एउटा पाटो बन्यो । अहिले पनि बुवाआमा, दिदी दाईहरुको एकदमै सहयोग र हौसला पाईरहेको छु ।
परिवारनै संगित प्रेमी भए पनि यसबाट जीवन धान्न गाह्रो छ भनिन्छ । तपाईलाई यस क्षेत्रमा नआउनु भनेर दवाव दिनु भएन ?
त्यस्तो कहिल्यै पनि भएन । बरु बुवाले जागिरका कारणले कतिपय पुरा गर्न नसकेका सपनाहरु अब मैले पुरा गरोस भन्ने चाहनुहुन्छ । हामीले सँगै पनि केही गीत रेकर्ड गरेका छौं ।
अहिले पनि नयाँ शव्द लेख्नु भयो भने पहिला मलाई नै देखाउनु हुन्छ । गीत बनाउनु भयो भने पनि यस्तो पो गरें त हौ कान्छा भन्दै सुनाउनु हुन्छ । बुवाको क्रियाशिलताले आज पनि उर्जा दिन्छ ।
तपाईले पहिलो गीत कहिले रेकर्ड गराउनु भयो ? र कुन ?
मैले साँगितिक यात्राको शुरुवात नै बुवाको गीतबाट गरेको हो । २०६३ साल तिर सारंगीको स्वर मिठो गहना पूर्वेली गीत युगल गाएको थिएँ। तर त्यो गीत बजारमा आउन सकेछ । आफ्नै एल्मब भन्दा चाँहि २०६८ सालमा धेरै प्रयास भन्ने गीत मेरो गुरु डेनी निरौलाको संगीतमा र डिआर दाईको शव्दमा निकालेको छु ।
पहिलो गीत रेकर्ड गाँउदा कस्तो लाग्यो ?
धेरै उत्साहित थिएँ । अलि अलि रुघा लागेको बेला डर पनि लागको थियो । विर्तामोडको गर्मीमा तातो पानी खाएर गीत रेकर्ड गरियो । पछि गीत सुन्दा चाँहि मख्खै परेको थिएँ ।
अहिले तपाईका स्रोतालाई के भन्न चाहानु हुन्छ ?
आज सम्मका गीतहरुले राम्रो प्रतिक्रिया पाएको छु । सबैले माया गर्नु भएको छ । जसले गर्दा उत्साह थपिएको छ । आफुलाई अmझ परिस्कृत गर्दै लाने प्रयासमा छु । नयाँ नयाँ गीतहरु लिएर आउँदैछु । सुनेर प्रतिक्रिया दिनुहुन्छ नै । श्रोता दर्शकको माया र सदभाव सँधै कायमा रहोस भन्न चाहन्छु ।
अहिले नेपालीे संगीतको बजार कस्तो छ ?
ठ्याक्कै भन्न पर्दा गीत बेचेर बाँच्ने अवस्था छैन तर प्रस्तुति बेचेर बाँच्ने अवस्था भने छ । देश विदेशका कार्यक्रमहरु नै मुख्य आय आर्जनको स्रोत हुन भन्ने लाग्छ ।

कस्ता कस्ता फ्यान छन् ?
सबैले सकारात्मक नै सल्लाह सुझाव दिने खालका छन् ।
केटीहरुको फोन कत्तिको आउँछ ?
हा हा, खास आउँदैन ।
प्रपोज त गरेका छैनन्नी ?
आज सम्म त छैनन भन्न पर्ला ।
प्रेममा त पर्नु भएको छैन नी ?
छु नि । गीत संगीत सँग गहिलो प्रेम छ मेरो । हा हा हा
तपाँईको नयाँ गीत अव कुन सन्न पाईन्छ ?
अहिले रेकर्डिङकै क्रममा जुटिरहेको छु । ४ ५ वटा गीत रेकर्डिङको अन्तिम चरणमा पुगेका छन । केही रेकर्ड भइसके । भिडियो सहित आउने योजना बनाएकोले अलिकति समय लागिरहेको छ। यो पटक डान्सिङ गीत रुपको झडका र हातैमा चुरा लिएर आउँदैछु ।
अन्यमा स्रोतालाई के भन्न चहानु हुन्छ ?्
नेपाली साहित्य, कला, संगित, फिल्मलाई माया गर्नुहोला भन्न चाहन्छु । यी क्षेत्र माथि उठाउन तपाँइहरुको साथ र सहयोगको जरुरी छ ।
हेर्नुहोस विमलको गीत