इलाममा नाटक महोत्सव तोकिएकै मितिमा हुने

इलाम, २० असारः नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्दै आएको राष्ट्रिय नाटक महोत्सव तोकिएकै समय असार २२ गते देखि इलाम सदरमुकाममा हुने जानकारी गराईएको छ । आयोजक संस्थाको रुपमा रहेको इलाम उद्योग वाणिज्य संघ इलामले मंगलबार प्रेस विज्ञप्ती जारी गरी उक्त कुराको जानकारी गराइएको हो । विज्ञप्तीमा भनिएको छ– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षेनी राष्ट्रिय नाटक महोत्सव गर्दै आएको सन्दर्भमा यस वर्ष उक्त राष्ट्रिय नाटक महोत्सव इलाममा गर्ने प्रतिष्ठानको निर्णय अनुरुप इलाम उद्योग वाणिज्य संघको संयोजकत्वमा एक तयारी समिति गठन गरी केही कार्य अगाडि बढिसकेको छ । स्थानीय तह निर्वाचनका कारण केही समय यस तयारीमा शिथिलता आएको भएता पनि अहिले यसलाई अन्तिम रुप दिइसकिएको छ ।
संघका अध्यक्ष आनन्द कट्टेलद्धारा चियाबारी दैनिक लगायत अन्य संचार माध्यमहरुलाई प्रेषित विज्ञप्तीमा महोत्सवका अवसरमा नाटक मञ्चनका साथै नेपाली नाटक परम्पराका बारेमा कार्यशाला समेत सञ्चालित हुनेछ । यस अवसरमा इलामको नाटकको इतिहास पर्गेल्ने प्रयास समेत हुने जानकारी गराईएको छ । महोत्सवका लागि २० लाख रुपैयाँको बजेट प्रस्तावित छ जस मध्ये १० लाख रुपैंयाँ प्रतिष्ठानबाट प्राप्त हुने छ भने बाँकी स्थानीयस्तरबाट व्यर्होनु पर्नेछ । उक्त महोत्सवमा देशभरीबाट नौ वटा नाट्य समूह सहभागी हुनेछन् । उक्त महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठबाट असार २२ गते दिनको ठीक ११ः३० बजे हुने छ । त्यस पूर्व ठूलो टुँडिखेलबाट शुरु भएको प्रभातफेरीले नगर परिक्रमा गरिने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता