वर्षदको समय इलाम बदलुको घुम्टो ओडेर वसेको त्यही घुम्टो बेला बेला उघार्दै तपाईहरुलार्य च्याई रहेको हुनेछ इलाम बजार सँगै टाँसिएर रहेको इलामको चिया बगान नेपालकै सवैभन्दा पुरानो चिया वगान हो । घुम्न र हेर्नको लागि मनोरम दृष्य भएको यो चिया बगानमा विभन्न ठाउँमा गएर रमाइलो दृष्य अवलोकन गर्न सकिन्छ । यसमा भएको नेपालकै पुरानो चिया प्रसोधन कारखाना, लभ डाँडा, चियाबारी, भ्यूटावरमा गएर दृष्य अवलोकन गर्न सकिन्छ । इलाम बजार सँग टाँसिएर रहेकोले पर्यटकहरुलाई आउन जान पनि कुनै अप्ठ्यारो पर्ने छैन ।






