दुर्घटनामा एकको मृत्यु

मलेखु (धादिङ) साउन । पृथ्वी राजमार्गअन्र्तगत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा आइतबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
काठमाडौँबाट चितवनका जाँदै गरेको ना २९ प १४५५ नं मोटरसाइकललाई चितवनबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७२३५ नं को यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–१० का २० वर्षीय आशिष उपाध्यायको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जाकारी दिनुभयो । 
दुर्घटनामा घाइते भएका उपाध्यायको मलेखुको राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता